कपिलवस्तु प्रहरीको पछिल्लो ६ महिनामा ठूलो सफलता

२०७७ पुष ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुरेश कुमार पांडेय

कपिलवस्तु ३ – पुस   पछिल्लो ६ महिनामा कपिलवस्तुमा नेपाल प्रहरीले निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ । पछिल्लो ६ महिनामा भन्सार छली गरेर भित्राइएको सामान, र फरार ब्यक्तिहरु कपिलवस्तु प्रहरीले पक्राउ गर्नमा सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले असार देखि मंसिरसम्म भन्सार छली गरी ल्याउन लागेका बिभिन्न सामानबाट ३ करोड १६ लाख १९ हजार चार सय सत्ताउन रुपैया राजस्वबाट उठेको बताए । सो रकम बिगतमा १ बर्षमा पनि उठेको थिएन । त्यस्तै ६ महिनाको अवधिमा बिभिन्न मुद्धाका १०३ जना फरार रहेका मानिसहरुलाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।

उता बिभिन्न लागु औषध किनबेच तथा प्रयोग गर्ने ३९ जनालाई पनि नियन्त्रणमा लिइएको हो । साथै जिल्लामा नवराज अधिकारी प्रहरी प्रमुख भएर आएपछि मात्र ४ लाख ९५ हजार रुपैया बिभिन्न नदीजन्य पदार्थको चोरी गर्नेबाट राजस्व उठाउन सफल भएको हो । कपिलवस्तु जिल्लाको बिभिन्न भित्रि सडक खण्डहरुमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य २ लाख ८५ हजार ५ सय बराबरको साईकल १५ थान ,बल्व ३ पेटी, चिनी १४ बोरा ,साडी १९५ पिस, जुता ८८ जोर, लेडिज चप्पल ७२ पिस , सर्ट ७२ पिस लेडिज कुर्ता १२ पिस लगायत मालसामान यस कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले मालसामान बरामद सफल भएको छ । बरामद गरिएको मालसामान आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको हो ।

भेटघाटमा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रहरी काम उदारणीय रहेको बताउदै यो सफलतालाई निरन्तरता दिन आग्रह गरेका छन । पत्रकार भेटघाट कार्यक्रममा दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय