
काठमाडौं-संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गराएका छन् ।
आज प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले सर्वोच्चमा पुगेर रिट दर्ता गराएका हुन् ।
प्रधानमन्त्रीले गरेको संसद विघटन सिफारिसका आधारमा राष्ट्रपतिबाट भएको संसद विघटनको निर्णयबाट ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको उनीहरुको आरोप छ ।