एनआरएनए इजरायलले १३औं बार्षिकोत्सवको अवसर पारेर अन्तरक्रियात्मक कार्यक्रम गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए1न्यूज इजरायल,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले संघको संस्थापनाको १३औं बार्षिकोत्सवको अवसर पारेर विशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

एनसिसी इजरायललले  इजरायल तथा साइप्रसमा रहेका नेपालीहरुले आफ्ना समस्याहरु, जिज्ञासाहरु र दुतावासप्रति केही गुनासाहरु भए प्रत्यक्ष रुपमा राजदूतावास सामु राख्न पाउने गरी  “नेपाली कामदारहरुको हक अधिकार, नेपाली राजदूतावासको सरोकार” विषयक अन्तरक्रिया गर्न गइरहेको एनसिसी इजरायलले जनाएको छ ।

एनसिसी इजरायलले सुचना जारी गर्दै  केयरगिभर कामदार, कृषि प्रशिक्षण, उच्चशिक्षा अध्ययन लगायत विभिन्न शिलशिलामा इजरायल तथा साइप्रसमा समेत रहेका नेपालीहरु र अविभावकको रुपमा रहेको नेपाली राजदूतावासविचको आपसी सम्वन्ध अझ प्रगाढ र  मजवुत रहोस्  भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएका छन् ।

आयोजकले कार्यक्रममा  नेपाली नागरिकको हकमा इजरायल वा साइप्रसमा रहदा के कति सुविधाहरु उपलव्ध गराउन सक्छ त भन्ने प्रश्नमा नेपाली राजदूतावासले नागरिक वडापत्र समेत सार्वजनिक गर्ने योजना रहेको आयोजकले जनाएका छन् ।

आगामी १९ डिसेम्वर शनिवार दिनको १२ बजेबाट शुरुहुने समय तय गरिएको उक्त कार्यक्रम ZOOM एप्लिकेसन (ID 2019081020) मार्फत संचालन हुने बताइएको छ ।

आयोजकले  इजरायल तथा साइप्रसमा रहनुहुने आम नेपालीहरु, विभिन्न सामाजिक संघसंस्थाहरु लगायत सम्पूर्णलाई समय निकाली कार्यक्रममा उपस्थिती भइदिनु हुन  हार्दिक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एवान खबर बिसेष

अन्ततः फुट्यो नेकपा

अन्ततः फुट्यो नेकपा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ ।..