मोरङमा बिप्लव समुहद्धारा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

विराटनगर, २३ मंसिर । प्रतित्रन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मोरङमा एक शिक्षकको अपहरणपछि हत्या गरेको छ । बिप्लव समुहले घरबाटै शिक्षकको अपहरण गरी जंगलमा लगेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । शिक्षक श्रेष्ठलाई बर्खे जंगलमा लगेर विप्लव समूहले हत्या गरेको एसपी खड्काको भनाई छ ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजेतिर चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर जंगल लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर श्रेष्ठको हत्या गरिएको हो । सो घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ, प्रहरी परिचालन गरिएको छ ।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको एसपी खड्काले जानकारी दिए ।  विप्लव समूहले भने यसबारे अहिलेसम्म केही बताएको छैन ।

शिक्षक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..