प्रचण्ड गृह जिल्ला चितवनमा पनि घन्कियो ‘राजा आउ देश बचाऊ’ को नारा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २०, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अविस अधिकारी, चितवन ।

राजसंस्था सहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देश व्यापी रूपमा शृङ्खला बद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न। वर्तमान राजनीतिक व्यवस्था बाट आजित बनेका आम नागरिक देशमा पुनः राज संस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका छन ।

वीर गोर्खाली अभियानले चितवनमा पनि राजसंस्था पुनःस्थापनाको माग गर्दै र्‍याली प्रदर्शन गरेको छ। ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्‍यालीसहित विशाल प्रदर्शन भएको हो।

राष्ट्रिय झण्डा र पूर्व राजा(रानी ज्ञानेन्द्र(कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर भरतपुर स्थित पारस बसपार्क बाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोक बाट पुनः पारस बसपार्कमा पुगेर र्याली कोणसभामा परिणत भएको हो।

र्‍यालीमा करिब ५ हजार भन्दा बडि मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । र्‍यालीपछि पारसबसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे।

उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकार लगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए। कार्यक्रम संचालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए।

विगत देखी राजसंस्था र राष्टियताका लागि आवाज उठाउदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघ संस्थाहरु लाई एकै ठाउमा संगठित गर्ने काम बिर गोर्खाली अभियानले गरेको श्रोतको दावी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..