लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २०, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सुरेश कुमार पाण्डे २० मङ्सिर, कपिलवस्तु । लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना मानिसलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सोमबार ०६:३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नं.को स्कुटीमा चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँ पालिका ५ का २२ वर्षिय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा अन्दाजी मूल्य रु. ९६,०००(छेयानव्बे हजार ) बराबरको अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला पारी स्कुटी उनी हरुलाइ नियन्त्रणमा लिएको हो । चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षिय सुगम पुन रहेका छन ।

उनीबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..