बेल्जियममा बस्ने नेपालीहरूको संख्या लगभग ५ हजार 

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २०, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए वान नेपाल

५ डिसेम्बर/बेल्जियम

गैर आवासिय संघ एन आर एन बेल्जियमका अनुसार बेल्जियममा बस्ने नेपालीहरूको संख्या लगभग ५ हजार रहेको संघको डाटाले देखाएको  छ। बेल्जियममा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गरेको वर्तमान समितिले डाटा संकलनका लागि  हरेक क्षेत्रमा संयोजक तोकि कार्यलाई तिव्रता दिएको थियो।

एन आर एन बेल्जियमले उपलब्ध गराएको डाटा अनुसार अहिले बेल्जियममा ४७१५ जना नेपाली बसोबास गरिरहेका छन्।   सबै भन्दा धेरै नेपालीहरु लुभेन् सहरमा बसोबास गर्ने गरेको संघको डाटामा बताइएको छ।जसमा १ हजार ७ सय ६८ रहेका छन्।त्यस्तै गरेर दोस्रोमा आन्तर्प सहरमा १ हजार ८६ नेपाली बसोबास गरिरहेका छन्।त्यस्तैगरी  ब्रसेल्समा ४ सय १९, गेन्थ ३ सय ७०, ब्रूज ७ सय १४, ओस्टण्डे   २ सय ५५ र लिम्बर्ग १ सय ३ जना रहेका छन्। यस बाहेक छुटफुट गरेर ५ हजारको संख्यामा नेपाली रहेको एन आर एन बेल्जियमले जनाएको छ।

“आजभन्दा अगाडीका धेरै कार्यसमितिको एजेन्डामा परेर पनि सम्पन्न हुन नसकेको नेपाली समुदायको डाटा कलेक्सन यस कार्यसमितिले पुरा गरेको छ। अब उप्रान्त हामी सबैलाई बेल्जियम बासी नेपालीको डाटा यति छ भनेर यकिन साथ भन्न सकिने अबस्था सृजना भएको छ। ” एन आर एन बेल्जियमका महासचिव तीर्थ धमलाले ए वान नेपाल संग भने”यसले अबका दिनमा नेपाली समुदायले यहॉंको सरकारी निकाय एवं अन्य कम्पनीहरुसंग बार्गेनिगं पावरको पनि बृद्दि भएको छ। भर्खरै सम्पन्न एनआरएनए बेल्जियम र Neutraal ziekenfonds vlaanderen बिचको सहकार्य पनि यसैको उपज हो।”

धमलाका अनुसार अबका दिनमा लामो समय देखि नेपाली समुदायमा बहसको बिषय रहेको नेपालिज सांस्कृतिक भवनको सपना अब पुरा हुने दिशामा अगाडी बढेको छ ।   आम बेल्जियमबासी सबैको साथ र सहयोग रहेमा अबको २-३ बर्षमा नेपाली कल्चरल हाउसको सपना पुरा हुने धमलाको जोड रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..