राजतन्त्र पुनर्वहालीको माग गर्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २०, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौँ– राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् ।

ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए ।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेका प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।

बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले व्यवस्था परिवर्तन भएर नागरिक आयोगसहितको नागरिक सरकार नबनेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

पछिल्ला केही दिनयता देशका विभिन्न भागमा राज्यसंस्थाको पक्षमा प्रदर्शनहरु भइरहेका छन् ।

केही दिनअघिमात्र राजावादीहरुको आजको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनजस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..