
फाईल तस्विर
नेपाल-ईजरायलबीच सांस्कृतिक पुलको काम गरिरहेको सुपरहिट हिब्रु भाषाको गीत “नेपाल हारेखोखा : Nepal Far Away” का ईजरायलका
सिर्जनाकारत्रय वरिष्ठ गायिका
Ms. Gali Atari, वरिष्ठ संगीतकार
Mr. Ariel Zilber र वरिष्ठ रचनाकार Ms. Rachel Shapira लाई दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० औं बर्षगाँठको अवसरमा नेपाली राजदूतावास, तेल अबिबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।
कलाकारत्रयलाई ईजरायली संस्कृति तथा खेलकुद मन्त्री H.E. Chili Tropper तथा ईजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्यले संयुक्त रुपमा खादा तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो।
प्रस्तुत छ सोही कार्यक्रममा महामहिम राजदूत डा. शाक्य तथा गायिका Gali Atari ले संयुक्त रुपमा गाउनुभएको उक्त गीतको भिडियो:
नेपाली राजदूतावासको फेसवुक पेजबाट साभार