राजावादी समुह वीर गोर्खालीद्वारा भोली चितवनमा बृहत मोटरसाइकल र्याली गर्दै, सम्पूर्ण तयारी पुरा

२०७७ मंसिर १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अविस अधिकारी, काठमाण्डौ । राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका छन ।

विगत देखी राजसंस्था र राष्टियताका लागि आवाज उठाउदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघ संस्थाहरुलाई एकै ठाउमा संगठित गर्ने काम बिर गोर्खाली अभियानले गरेको छ ।

देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ । काठमाण्डौ बुटवल , कोहलपुर ,कपिलवस्तु ,बर्दिया, सुर्खेत, दान, बिरगंज र विराटनगरमा ठूलो प्रदर्शन भयो भने कैलालीको धनगढीमा समेत बिर गोर्खाली अभियानले बृहत शत्ति प्रर्दशनी गरिसकेको छन ।

भोली चितवनमा पनि राजसंस्था पुनर्स्थापनाका लागि बृहत मोटरसाइकल र्याली निकालिने भएको छ । राजावादी समुह वीर गोर्खालीको आयोजनामा पारस बसपार्क भरतपुर ,चितवनमा बिहान् ११ बजेदेखि बृहत मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शनका लागि सम्पुर्ण तयारी पुरा गरिएको वीर गोर्खालीका अभियान्ता सौरभ भण्डारीले जानकारी दिए । उनले उक्त कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण देशभक्त नागरिकलाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय