आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन : जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्र अध्यक्ष शिवलाल रोकाया

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधीमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जीत हासिल गर्न सकिने बताए । आयुर्वेदिक औषधीले कोरोना भाइरसलाई ठिक गर्ने उनको दाबी थियो ।

‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ,’ जटिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधी विकास गरेर कोरानाविरुद्ध जीत हासिल गर्न सकिन्छ । उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगिने बताए । उनले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधि माथि अनुसन्धान गर्नुपर्ने बताए ।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने,‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म सैयौको संख्यामा यो औषधीले कोरोना संक्रमितलाई राम्रो गरेको छ । संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’

उनकाअनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधी धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ।’–उनले भने । ‘रोग जस्तोसुकै होस, उपचार सम्भव छ’ भन्ने उनको नारा छ । ्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..