समाचार प्रभाव: एन आर एन बेल्जियममा दुईजनाले बुझाए लेबी रकम

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए वान नेपाल

३ डिसेम्बर/बेल्जियम

 

ए वान नेपालमा प्रकाशित समाचार “एन आर एन बेल्जियममा १६ जनाले तिरेनन् लेबी” शिर्षकमा समाचार प्रकाशित भएपछि एन आर एन बेल्जियमका दुुई जनाले लेवी वापतको बाँकी रकम भुक्तान गरेका छन् । समितिका  एक उपाध्यक्ष र १ जना सदस्यले बाँकी रहेको रकम  बुझाएका हुन्  । उपाध्यक्ष गंगा शर्मा र सदस्य सौरभ कारन्जितले लेबी स्वरूप १ सय २० युरो एन आर एन बेल्जियम लाई बुझाएका छन् ।

त्यस्तै सदस्य कारन्जितले आफूले तिरेको जनाउँदै फेसबुकमा प्रतिक्रिया दिदै भने” प्रिय Neupane Santosh भाइ! मैले तिरिसके है …. समयावधि बाँकी नै भएकोले अलि ढिला भएकै हो | तर, तिरीसकें यार .. ऋणको भार के बोक्नु र ??? ”

त्यस्तै गरेर उपाध्यक्ष शर्माले पनि आफूले तिरेको प्रमाण ए वान नेपाल लाई उपलब्ध गराएका छन्।शर्मा अन्तराष्ट्रिय बागलुङ समाजको संरक्षक पनि रहेका छन् भने कारन्जित अनेसास बेल्जियममा आवद्ध रहेका छन्।

एन आर एन बेल्जियममा लेबी बुझाउन  थप बाकीहरुको नामावली यस प्रकार रहेको छ।लेबी रकम मासिक ५ युरोको दरले दुई वर्षको १२० रहेको छ।

पदाधिकारी उपाध्यक्ष नारायण शिलवाल   ओस्तन्डे संयोजक भरत पन्तस,सदस्यहरु,सुजन ढकाल,मिन दोर्जे थापा, कमल सिटौला, राम चन्द्र शर्मा,चन्द्र शर्मा,चित्र जंग गुरुङ, भरत तामाङ,नवीन गुरुङ र राधा प्रधान रहेका छन्।

त्यस्तै गरेर महिला सदस्यहरू , गीता लामा र , रश्मिना गिरी रहेकी छिन्।लामा ले आफ्नो उम्मेदवारी शुल्क समेत नबुझाएको आर्थिक प्रतिवेदनमा देखिन्छ।

अपडेट: एन आर एन बेल्जियमका महासचिव तीर्थ धमला का अनुसार समाचार प्रकाशित पछि सदस्य लोक रानाले पनि लेबी तिरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..