एन आर एन बेल्जियम :आलोचना सहन नसक्ने,प्रसंसा मात्रै रोज्ने??

२०७७ मंसिर १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

ए वान नेपाल/बेल्जियम

ए वान नेपालमा हिजो “एन आर एन बेल्जियममा १६ जनाले तिरेनन् लेबी”शीर्षकमा  समाचार प्रकाशित भएपछि  पदाधिकारीहरुले प्रतिक्रिया जनाए। उनीहरूका  सबै प्रतिक्रियाहरू एन आर एन बेल्जियमको बचाउमा रहेको थियो।

यसरी प्रतिक्रिया दिनेहरूमा अध्यक्ष चित्र सुवेदी,महासचिव तीर्थ धमला,सचिव दीपक न्यौपाने,युवा संयोजक कासि दनै र सदस्य मदन दवाडी रहेका थिए। यिनीहरूले संस्थाको बचाउमा प्रतिक्रिया दिनु जायज पनि थियो तर विगतमा आयका केही इस्स्युमा यिनीहरूले आफ्नो मुख बन्द गर्नु लाई  चाहिँ अचम्म नै मान्नु पर्दछ।

केही समय अगाडि यो पंक्तिकारले अध्यक्ष चित्र सुवेदी र महासचिव तीर्थ धमला लाई बेल्जियममा कोरोना ले नेपालीमा परेको समस्या र एन अार एन बेल्जियमले गरेको सहयोगको बारेमा प्रश्न राखेको थियो। दुबैले एक महिना सम्म जवाफ नदिएपछि फेसबुक मार्फत यो इस्यु उठाएको थिए। तर त्यति खेर माथिका कुनै पनि व्यक्तिहरूले मुख खोलेनन्।आखिर किन?? के आलोचना गर्दा मात्रै तपाईंहरूका ठूला ठूला स्वरहरु निस्कने हुन्?? उनीहरूले गरेका कमीकमजोरी प्रति सुधार गर्न तपाईंहरूले दबाब दिन किन् नसक्ने??तपाईंहरूलाई प्रश्न छ।

एन आर एन संस्था सबै नेपाली संघ संस्थाहरुको छाता संगठन  मानिन्छ। यसको राष्ट्रिय  समितिको  पदाधिकारी वा सदस्य बन्नलाई हानथाप हुन्छ। राजनैतिक लबिङले ठूलो भूमिका खेलेको हुन्छन्। राजनीतिक लबिङ बाट गाएका हरु सबैले गलत कदम प्रति मुख खोल्न नसक्नु आफैमा दुःखदायी कुरो हो। माथि उल्लेखित नामहरुमा सुवेदी र धमला नेकपा निकट हुन भने न्यौपाने,दवाडी र दनै कांग्रेस निकट रहेका छन्। सुवेदी बाहेक अन्य ४ जना बाट केही अपेक्षित कार्य लगायत गलत कदमको विरुद्धमा बोल्ने र आगामी दिनमा एउटा नजिर स्थापना गर्न सक्ने क्षमता भयको भय पनि अहिले उनीहरु सबै राजनैतिक कोपभाजनमा परेको देखिन्छ।

एन आर एन बेल्जियमको राष्ट्रिय समितिमा छिर्न १ हजार युरो देखि १ सय ५० युरो सम्म बुझाउनु परेको थियो।  संस्थाको आर्थिक प्रतिवेदन अनुसार महिला सदस्य गीता लामा बाहेक सबैले उक्त रकम बुझाएको देखिन्छ। तर तिनै उम्मेदवारहरु अहिले संस्थालाई वार्षिक लेबी तिर्न ढिला सुस्ती गरिरहेका छन्। के लेबी पनि कार्यकालको अन्तिम मा तिर्ने हो??अरू धेरैले तिर्दा उनीहरूलाई तिर्न पर्छ ,संस्था कै लागि हो भनेर किन दिमागमा नपसेको होला??? संस्थाको हितको लागि तिर्नु पर्ने रकमको लागि पनि विधान कै पछि लाग्नु पर्ने हो र?? के अंतिम समयसम्म नै कुर्नु पर्ने हो??

त्यस्तै गरेर बेल्जियम बाट चल्ने अनलाइन चारदिशा डट कम मा लेखिएको छ” एन आर एन बेल्जियमका निबर्तमान कोषाध्यक्ष ले बल्ल बल्ल बुझाएको पुरानो हिसाब र पूर्व अध्यक्ष र आईसीसी सदस्यले केन्द्रमा बुझाउने भनेर लगेको पैसा केन्द्रमा पनि नबुझाएको र संस्थाको खातामा पनि नभएको जानकारी पाइएको छ । त्यसको ब्याज कसले खाई रहेको छ ? एकातिर संस्था ऋणमा देखिने, सदस्यहरुसँग उठाएको पैसा ब्यक्तिबिशेषले बर्षौ सम्म ब्यक्तिगत फाईदाका लागि प्रयोग गर्नु अपराध हो कि होइन ?

गत साल इटलीमा भएको युरोपियन बैठकमा एनआरएनए बेल्जियमले सहयोग बोलेको एक हजार युरो संस्थाको हिसाबबाट काटिएको छ ( तस्बिर हेर्नु होस ) तर एक बर्ष सम्म एनआरएनए इटालीले त्यो पैसा पाएको छैन । यसको जिम्मेवार को हो र किन पारदर्शी भएर हिसाब राखिदैन ?”

यसले पनि के देखाउँछ भने एन अार एन बेल्जियम निवर्तमान अध्क्षय देखि वर्तमान अध्क्षय सम्म यो मामलामा चोखो देखिदैनन।

निवर्तमान कोषाध्यक्ष दर्शन गुरुङले १ बर्ष सम्म संस्थाको पैसाले रेष्टुरेन्ट चलाएको र त्यही लगानि बाट उठेको नाफाले अर्को रेष्टुरेन्ट खोलेको कुरा बारम्बार उठेको थियो। कतिपय भेटघाटमा निवर्तमान अध्यक्ष लोक दाहालले आफैं भनेका थिय। अहिले दाहाल केन्द्रिय स्तरका एन आर एन नेता बनेका छन्।

यदि वर्तमान कार्यसमिति सशक्त भयर लाग्ने हो भने विगतका समितिका काला कर्तुतहरु बाहिर निकाल्ने आँट गर्न सक्नु पर्दछ। संस्था धमिल्याउने हरुलाई संस्थाबाट सदाका लागि बाहिर निकाल्न सक्नु पर्दछ।

वर्तमान कार्यसमिति भित्र रहेका युवा शक्ति आलोचनालाई सहज रूपमा स्वीकार गरोस्। प्रशंसाको पछि नकूदोस्। आफ्ना सामाजिक सञ्जालहरु सस्तो लोकप्रियता का समाचारले नभरुन। अनि कुनै गलत कार्य गर्दै आएका समाचारहरु को तुरुन्त खण्डन गर्नु भन्दा पहिला समिति भित्रका आफ्ना सदस्यहरूलाई सुधार्न गर्न तर्फ लागुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय