एन आर एन बेल्जियममा १६ जनाले तिरेनन् लेबी

२०७७ मंसिर १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल/बेल्जियम

३० नोभेम्बर

गैर आवासिय नेपाली संघ एन आर एन बेल्जियममा १६ जनाले आफ्नो वार्षिक लेबी बुझाएका छैनन्।  यसरी लेबी नबुझाउने हरुमा दुई उपाध्यक्ष सहित १६ जना रहेका छन्। उनीहरूले लेबी स्वरूपको रकम १२० युरो नबुझाएका हुन।

हिजो आईतबारका दिन भर्चुअल माध्यम द्वारा  संघले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।साधारण सभामा कोषाध्यक्ष प्रकाश राज गिरीले आफ्नो आर्थिक प्रतिवेदन पेस गर्दै उक्त जानकारी दिएका थिए।

पदाधिकारीहरु मध्य   दुई उपाध्यक्षहरु गंगा शर्मा र नारायण शिलवाल ले लेबी नबुझाएको प्रतिवेदनमा देखिन्छ। त्यस्तै गरेर ओस्तन्डे संयोजक भरत पन्त, र सदस्यहरु सुजन ढकाल,मिन दोर्जे थापा, कमल सिटौला, राम चन्द्र शर्मा,चन्द्र शर्मा,चित्र जंग गुरुङ, भरत तामाङ,लोक राना,सौरभ कारञ्जित,नवीन गुरुङ र राधा प्रधान रहेका छन्।

त्यस्तै गरेर महिला सदस्यहरू , गीता लामा र , रश्मिना गिरीले आफ्नो लेबी नबुझाएको आर्थिक प्रतिवेदनमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय