“नेपाल-भारत सिमामा विवाद – यथार्थ र चुनौती” बिषयक सेमिनार सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १५, मा प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

गैर-आवासीय नेपाली संघ यूकेले नेपाल भारत सिमा बिबाद बारे गरिने एक अन्तराष्ट्रीय स्तरको सेमिनार सम्पन्न गरेको छ । हिजो २९ नोभेम्बर २०२० मा दिन डिजिलट रुपमा सम्पन्न उक्त कार्यक्रमा बोल्दै भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भारतले मिचेको भूमि फिर्ता लिन सरकारले अर्जुन दृष्टि लगाएको बताएकी छन्।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अर्यालले नेपाल भारतबीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकु भएर बस्नु पर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको सुनाउंदै राष्ट्रीयताको सवालमा प्रवासमा रहेको नेपालीहरुले जहिल्यै पनि एक कदम अघी बढेर काम गरेकोमा बधाई तथा धन्यबाद समेत दिईन। देश भित्रै र पदीय हिसाबले कतिपय कुराहरु कुटनितिक मर्यादाले समेत बोल्न नमिल्दा गाह्रो भै रहेको अवस्थामा एनआरएन यूकेले यस कार्यक्रमको आयोजना गरी खुल्ला छलफल चाहनु भएकोमा आयोजकको प्रशंसा समेत गरिन।  सन् १८१६ को सुगौली सन्धिको आधारमा भएको नेपाल भारत बीचको सीमा निर्धारण भएको बताउँदै उनले कालपानी र सुस्तामा मुख्य विवाद रहेको बताइन्। उनले नेपाल भारतबीच भएका ऐतिहासीक दस्तावेजले ती क्षेत्र नेपालको भूमाग निर्धारण गरेपछि नापजाँच गर्न जाने क्रममा भारतको तर्फबाट अवरोध भएपछि विवाद सुरु भएको बताइन्। उनले सुस्ताको सीमा विवाद समाधान उन्मुख रहेको र दुई देशबीचको सहमति औपचारिक रुपमा घोषणा हुन बाँकी बताइन्। उनले लामो समयदेखि भारतले मिचेको भूमि लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नक्सामा ल्याउने काम मिचिएको जमिन जुनसुकै हालतमा फिर्ता लिन्छौ भन्ने दृढता व्यक्त गरिन्। उनले नेपालले आफ्नो भूमिलाई नक्सामा राखेपछि नेपाल र भारतबीच यो विषय पेचिलो हुदै सम्बन्धमा चिसोपन आएपछि करिब १ वर्ष दुई देशबीच संवादहिन भएको स्वीकार गरिन्। उनले पछिल्लो समय नेपाल भारतबीच संवाद सुरु भएपछि दुई सीमा विवाद समस्या समधानको लागि निकै सकरात्मक रुपमा अघि बढेको बताइन्।

कार्यक्रमलाई सम्वोधन गर्दै अन्तराष्ट्रिय कानुनका ज्ञाता तथा प्रोफेशर सूर्यप्रसाद सुवेदीले विश्वभर छरिएका नेपालीहरुको कारणले नेपाललाई हेप्न सकिन्न भन्ने अनुभूति दिलाउनमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे।
प्राफेसर सुवेदीले भारतले नेपालको सिमा विवादलाई वार्ताद्वारा समाधान गर्न नचाहेमा अन्तराष्ट्रिय कानूनको सहारा लिन सकिने बताए। उनले नेपाल भारतबीचको सिमा विवाद वार्ताद्वारा समाधान नभए त्यसको विकल्पमा जान सकिने सुझाव नेपाल सरकारलाई दिएको बताए। उनले भारत र नेपाल दुवै देश लोकतन्त्र र रुल अफ लमा विश्वास गर्ने भएको हुँदा नेपाल गुमाएको भूमि फिर्ता पाउनेमा आशावादी रहेको बताए।

 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले देशको सीमा सुरक्षाको लागि विदेशमा रहेका नेपालीहरु नेपाल सरकारसँग साथ रहेको बताउँदै भारतले मिचेको भूमि फिर्ता लिन विदेशमा हरेका नेपाली प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रियता एउटा भूगोलभित्र मात्र समित नहुने बताउँदै विश्वभर छरिएका नेपालीहरु नेपालको सीमा रक्षाको लागि तयार रहेको बताए। उनले भूमि फिर्ताले प्रकृया लामो यात्रा रहेको बताए।

एनआरएनए युकेका पूर्वअध्यक्ष महेन्द्र कँडेलले नेपाल भारतबीचको सिमा विवादमा राजनीतिक दलहरुले चुनावी अजेण्डाको रुपमा लैजादा राष्ट्रियता कमजोर भएको वताए। उनले सिमामा भएका समस्यालाई पहिचान गरेर प्रष्ट नीति बनाउन जरुरी रहेको जनाए।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रोजिना प्रधानले गरेकी थिइन् भने धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सुनिल खड्काले गरेका थिए। कार्यक्रममा एनआरएनए केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिब डा हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ यूरोप डिआरसी कृष्ण तिमिल्सिना, आईसीसी सदस्य भक्त गुरुङ, रामशरण सिमखडा, अर्क राज तिमिल्सिना, योग कुमार फगामी, पूर्ब अध्यक्ष तथा संरक्षक सूर्य गुरुङ, एनसीसी चेक रिपब्लिक अध्यक्ष डा चिरन्जिबी खड्का, अष्ट्रीया एनसीसी अध्यक्ष बिनोद चौलागाई, डेनमार्क एनसीसी अध्यक्ष रबिन्द्र खड्का, आयरल्याण्ड एनसीसी अध्यक्ष मिलन छन्त्याल, टर्की एनसीसी अध्यक्ष उज्वल घिसिंङ लगायत मध्यपूर्ब, अमेरीकाज र यूरोपका बिभिन्न मुलुकबाट सहभागीहरु उपस्थित हुनुहुन्थ्यो भने पत्रकार साथीहरुको समेत बाक्लो उपस्थित रहेको कार्यक्रममा बेलायतस्थीत बिभिन्न संघसंस्थाका अग्रज अभिन्ताहरुले कार्यक्रमको गरिमा बढाएको थियो ।

प्रोफेशर सुवेदी सम्मानित:

           
सो अवसरमा गैरआवासीय नेपाली संघ युकेले प्रोफेशर सूर्य सुवेदीलाई सम्मान गरेको थियो । संघले विदेशमा बसेर सुवेदीले गैरआवासीय नेपाली अभियानमा पुराएको योगदानको कदर गर्दै सम्मान गरेको हो । प्रोफेसे सूर्य सुबेदीलाई बिख्यत अक्स्फोर्ड र हल बिश्वबिध्यालयले ‘महाबिध्याबारीधी; को उच्च पदवी प्रदान गरेकोमा उहालाई मन्त्री अर्याल र संघका अध्यक्ष कुमार पन्त र एनआरएन युके अध्यक्ष पुनम गुरुङले संयुक्त रुपमा सम्मान गर्नु भयो ।

 

कार्यक्रमको लिंङ्क (भिडियो) – उपस्थित हुन नसक्नु भएकाहरुको लागी सुन्न सकिनेछ:

 

https://www.facebook.com/nrnauk.org/videos/783272698894380

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..