इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

रमेश जोशी

चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना संक्रमितको संख्या तीब्ररूपमा बढ्न थालेपछि इजरायलमा रहेका भिसा म्याद सकिएका विद्यार्थीहरुको भिसा एक बर्ष थप गरिने भएको छ ।

प्रत्येक बर्ष नयाँ विद्यार्थी ल्याउने र पुराना विद्यार्थीहरुलाई तालिम गरेको प्रमाणपत्र सहित स्वदेश फर्काउने प्रबधान भएतापनि यो बर्ष नेपालमा र इजरायलमा पछिल्लो समयमा तीब्ररूपमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि नेपालबाट नयाँ विद्यार्थी ल्याउन असम्भव भएकाले पुराना विद्यार्थीहरुले नै थप एक बर्ष निरन्तरता पाउने सेदत नेगेभ कलेजका program director श्लोमो नेजर र नेपाली लिडरदय मनोज मयाल र नारद बोगटीले ए१नेपाल डट कमलाई जानकारी दिनुभएको छ ।

यससँगै अब इजरायलमा कृषि तालीममा रहेका नेपाली विद्यार्थीहरुले विशेष कारण र ब्यक्तिगत समस्याले मात्र आउदो december मा घर जान पाउने छ्न भने अरु विद्यार्थीहरुले थप एक बर्ष तालिम लिइ स्वदेश फर्किने छ्न ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले सन् २०१३ बाट साना किसान सहकारी बैंक र इजरायल सरकारको सहकार्यमा प्रत्येक बर्ष करिब ५३० जना नेपाली विद्यार्थीहरु इजरायल ल्याइने गरिन्छ । उनीहरु  इजरायलको सेदोद नेगेभ, रमत नेगेभ, आश्केलोन, आइक्याट र किनरेट गरि ५ वटा कलेजमा तालीम लिइ स्वदेश फर्किने गर्दछन । एक वर्षिय learn & earn program अन्तर्गत साना किसान सहकारी बैंकले देशभरीबाट किसानका छोराछोरीहरुलाइ कृषि तालीम लिने अवसर जुटाइरहेको छ । ती विद्यार्थीहरुले हप्ताको एक दिन कलेजको अध्यन र ५ दिन फिल्डमा गई नयाँ नयाँ ज्ञान् , सीप, प्रविधि, अनुभवको साथै आय आर्जन र नेपालमा केही गर्न सक्ने क्षमताको विकाश गर्ने गर्दछ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..