सुआहाराले नगरपालिका मार्फत महिला स्वयमंसेविकाहरु लाई माक्स सेनिटाइजर हस्तान्तरण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कृष्णनगर, कपिलबस्तु , मंसिर ४ राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका छन् ।

ति सबै कुरा लाई ध्यानमा राख्दै र कार्यक्रमलाई सफल बनाउनको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रम ले कृष्णनगर नगरपालिका को स्वास्थ्य शाखालाई भिटामिन “ए“ कार्यक्रमलाई लक्षित गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर हस्तान्तरण गरेको छ ।

२०७७ साल मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए“ जुकाको औषधि र बाल भिट्टा वितरण कार्यक्रमलाई सफल पार्नको लागि कृष्णनगर नगरपालिका भित्र रहेको ११४ महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले स्वास्थ्य शाखा लाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका नवीन डाँगी ,पृथीपाल तेली तथा संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।

यस अघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो। सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..