छोरीको सामुहिक बलत्कार पछि पासो लगाई हत्या गरेको पीड़ित बुबाको आरोप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ४, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सुरेश कुमार पाण्डेय

कपिलवस्तु-कपिलवस्तुको मायादेबी गाउँपालिका पालिका वडा २ अभिरावको मनखोरिया भने गाउँमा एक युवतीको सामुहिक बलत्कार पछि हत्या गरिएको आरोप लगाइएको छ ।

गत कार्तिक २९ गते राति १७ बर्षिया सबनाम खातुनको सामुहिक बलत्कार पछि पासो लगाई हत्या गरिएको मृतकको बुबा को आरोप छ ।

स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ बर्षिय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफनो छोरीको बलत्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाउनु भएको हो । गत २९ गते राति घरबाट एकाएक गायब भए पछि बिहान ४ बजे तिर आफनो छोरीको शव रुखमा पासो लगाएर झन्डीएको अवस्थामा भेटिएको उहाँको बुबाले बताउनु भयो ।

स्थानीय राजमित पासिले आफनो छोरीलाई रातिको सयममा बोलाएको र त्यही छोरीको बलत्कार गरी हत्या गरिएको छोरी को बुबाले बताउनु भयो । कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउँ कै आपको रुखमा छोरीलाईृ झुन्डीएको अवस्थामा भेटायौ बुबाले भन्नु भयो । पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिना अघि दुबैलाईसंगै आफुले समेत भेटेको उहाँले बताउनु भयो । त्यति बेला आफुले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उहाँले बताउनु भयो ।

आफुले पिन्ट्लाई छोरीसंग आईन्दा नभेटन र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्ट् सहीत ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ ।

गफ्फार अनुसार छोरीको शव रुखमा झुन्डीको अवस्थामा भेटिएको र रुखको हांगा माथी हात थियो । चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पुरा नबाधिएको अवस्थामा शव रहेको थियो । ‘ हातको ठीक माथी रुखको हांगा हुुनु र चप्पल समेत खुट्टा मै हुनुले पनि छोरीको हत्या गरिएको हो ’ उहाँले भन्नु भयो । गफ्फारले चार जना माथि प्रहरीमा किटानी जाहेरी दिएको बताउनु भयो। यधपी पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी छ ।

प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफुहरुलाई त्यसै फसाउन खोजिएको उहाँहरुको भनाई छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनको अनुसंधान भईरहेकोले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने बताउनु भयो । उहाँले मृतकको कपिलवस्तु अस्पतालबाट पोस्टमर्टको रिपार्ट आए पछि धेरै कुरा खुल्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..