शसस्त्र प्रहरीद्वारा अवैध रुपमा भन्सार छली रु. १ लाख ५० हजार बराबरको समान पक्राउ

२०७७ मंसिर २, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुरेश कुमार पाण्डे

कपिलवस्तु मंसीर २, कपिलबस्तुको मर्यादपुर नाका र रंगपुर क्षेत्र बाट अवैध रुपमा भन्सार छली रु.१ लाख ५० हजार बढि पर्ने औषधी,कपडा र मटरको दाल नियन्त्रणमा लिएको छ ।

बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ५ जनाको टोलीले जिल्लाको यशोद्धरा गाउपालिका ७ क्षेत्र बाट अवैध रुपमा भन्सार छली १ लाख २५ हजार बराबरको औषधी र रंगपुर क्षेत्र बाट २५ हजार बढीको कपडा र मटर बरामद गरेको हो ।

भारतबाट लुकाई छिपाई ल्याइ रहेका ती समानहरु चेक जाँच गर्दा भन्सार छलेर ल्याएकोे हुदा ती सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ ।

कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय