नेगेटिभ पीसिआर रिपोर्ट पोजेटिभ बनाएको आरोपमा अस्पतालका ३ कर्मचारी पक्राउ

२०७७ कार्तिक २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालगञ्ज, कोभिड १९  परिक्षणकोलागि गर्दै आएको पीसिआर टेस्ट सर्वसाधारणमा रिपोर्ट नेगेटिभ आएपनि पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजे अस्पतालमा छापा मारी नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन कार्यालय सहयोगी सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा सुरक्षा गार्ड बद्री खनाल, वासुदेव जोशी र विवेक अधिकारी रहेका छन् ।

उनीहरुमाथि अनुसन्धान सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन् । बीमा भुक्तानीका लागि नेगेटिभ रिपोर्ट मिलेमतोमा पोजेटिभ बनाएको प्रहरीको आशंका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय