गाउँपालिकाले आफ्नै लगानीमा किसानको धान काटिदिएपछि

२०७७ कार्तिक २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सप्तरी, राजविराज । बाली भित्रयाउने बेलामा मजदुर र आर्थिक अभावका कारण समस्यामा परेका किसानलाई राहत प्रदान गर्ने उदेश्यले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले आफनै लगानीमा धान काटने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाले किनेको ४ ओटा ट्रयाक्टरमा धान काटने रिसर मेसिन जडान गरी गाउँपालिका भित्रको सबै पाकेको धानबाली काटने व्यवस्था मिलाएको हो । कुल ८ ओटा वडा रहेको सो गाउँपालिकामा १५ सय विगहामा किसानले लगाएको धान गाउँपालिकाले नै काटेर सहयोग गरिदिन लागेको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।

एक दिनमा २ वडाको धान काटने लक्ष्यका साथ मंगलबार देखि उक्त कार्यको वडा नम्बर ६ बाट थालनी गरिएको उनले बताए । आर्थिक र कृषि मजदुर अभाव झेलीरहेका किसानका पिडाका साथै कोरोना संक्रमण समेतलाई ध्यान राखि गाउँपालिकाले आफनै लगानीमा धान काटने व्यवस्था मिलाएको उनले सुनाए ।

यस अघि किसानद्वारा लगाईएको गहँु बाली भित्रयाउने बेलामा पनि गाउँपालिकाले निशुल्कै गहँु काटने व्यवस्था मिलाएको थियो । गत चैत्र महिनामा गाउँपालिकाले किसानहरुद्वारा २ सय ५० विगहा जग्गामा लगाईएको गहुँ बाली पनि आफनै लगानीमा कटान गरी किसानहरुलाई राहत प्रदान गरेको थियो । किसानहरुलाई मजदुर अभावका साथै कोरोनाका कारण बैकल्पीक आयश्रोत समेत नरहेको अवस्थामा बाली भित्राउन समस्या परेका बेला गाउँपालिकाले सहयोग गरेर आफुहरुलाई ठुलो राहत प्रदान गरेको भन्दै स्थानिय किसानहरुले खुशी व्यक्त गरेका छन् ।

उक्त क्षेत्रमा फाइबर बिछ्याउने जिम्मेवारी पाएको युनाइटेड टेलिकमले तोकिएको सम्झौताअनुसार काम नगरेको भन्दै प्राधिकरणले ठेक्का रद्द गरे पनि सर्वोच्च अदालतले ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै काम अवरुद्ध भएको छ । “यो कसैको व्यक्तिगत हितका लागि हैन, समृद्ध नेपाल निर्माण गर्न शुरु गरिएको यस परियोजनामा कसैको असहयोग हुनु हुँदैन”, सर्वोच्चले तत्काल ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न प्राधिकरणलाई दिएको आदेशको प्रसङ्ग कोट्याउँदै मन्त्री गुरुङले भने । राजधानी दैनिकमा प्रकाशित समाचार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार