इजरायलमा आयोजित प्रतियोगिताबाट प्राप्त पुरस्कारराशी राष्ट्रिय आविस्कार केन्द्र देखि मानसिक रोगीसम्मलाई 

२०७७ कार्तिक २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज इजरायल,

वक्तृत्वकला प्रतियोगिताको प्रथम विजेता रमेश जोशीले प्रतियोगिताबाट प्राप्त पुरस्कार समाजिक सहकार्यमा लगाएका छन् ।

गएको केही साता अघि एनआरएनए-एनसिसी इजरायलद्वारा चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा  भव्य रुपमा सम्पन्न  शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताबाट प्राप्त १ हजार शेकेल (इजरायली मुद्रा)  करिव साढे ३४ हजार रुपैयाको  पुरस्कार राशी महाविर पुनले स्थापना गरेको राष्ट्रिय अनुसन्धान केन्द्र र सुदुर पश्चिम नेपालको कैलालीमा रहेको असहाय मानसिक रोगीहरुलाई संरक्षण गरी राखिएको असायका लागि सहयोगी हात साहार घर नेपाल नामक संस्थालाई प्रदान गरेका छन् ।

वक्तित्वकलामा उत्कृष्ट कला कौशलता प्रदर्शन गर्दै प्रथम भएका सुदुरपश्चिम प्रदेशको प्रवेशद्दारमा रहेको लम्किचुहा नगरपालिका – १० चुहा कैलालीका रमेश जोशीले प्राप्त गरेको सो पुरस्कार राशीलाई उनले १३००० नेपाली रुपैया कैलाली को बर्दिगोरियामा अबस्थित “साहार घर नेपाल” नामक संस्थालाई हस्तान्तरण  गरेका छ्न । उक्त संस्थाले मानसिक सन्तुलन बिग्रेका कसैले साहारा नदिइ विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरु लाई उद्दार गरी गाँस बास कपास र उपचार गरि संरक्षण गर्दै आएको छ ।

त्यसैगरी जोशीले महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्र काठमाडौलाई  १० हजार रुपैया प्रदान गरेका छन् भने  असहाय वृद्दवृद्दाहरुलाई आश्रय दिदै आइरहेको धनगडीको एक वृद्धआश्रम लाई ११५०० रुपैया प्रदानगरेका छन् ।

त्यस्तै चौथो स्थान प्राप्त गर्नु हुने इटहरीका भिम प्रसाद पौडेलले पनि प्राप्त गरेको २०० शेकेलको पुरस्कार राशी इजरायलमा रहेका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको हिन्दु जागरण नेपाल अभियान इजरायललाई १ सय शेकेल र एनआरएनए-एनसिसी इजरायललाई १ सय शेकेल प्रदान गरेका छन् ।

प्रथम पुरस्कार विजेता रमेश जोशी साना किसान सहकारी बैंक र इजरायल सरकारको सहकार्यमा कैलालीको बौनियामा अबस्थित साना किसान सहकारी संस्थाबाट छनौट भई करिब १५ महिना अघि इजरायल आएका थिए । हाल उनी इजरायलको नितिबोदमा रहेको सेदोत नेगेभ कृषि कलेजमा तालिम लिइरहेका छ्न भने सिबोलिम स्थित बेजालिल फर्ममा कार्यरत छ्न । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने उदश्येले देश भरीबाट ५३० जना युवायुवतीहरु हाल इजरायल प्रशिक्षण  लिदै कार्यरत रहेका छन्  । उनीहरु विभिन्न ५ कृषि कलेजमा तालिम लिइरहेका छ्न भने स्देश फर्की इजरायलको उन्नत कृषि प्रविधी र ज्ञान् लाई सदुपयोग गरेर कृषिमा प्रबिधिमैत्री वनाई नेपाललाई कृषिमा आत्म निर्भर बनाउन मद्दत पुग्ने गरी इजरायलमा कृषि प्रशिक्षार्थीको रुपमा नेपालीहरु आउने क्रम अहिले पनि जारी छ ।

त्यस्तै लामो समयदेखि इजरायलमा केयरगिभिरको रुपमा कार्यरत भिम प्रसाद पौडेलज्यू हिन्दु जागरण नेपाल अभियान इजरायलको गुरु र सामाजिक अभियन्ताको रुपमा क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय