जो वाइडन अमेरिकाको ४६औं राष्ट्रपति वन्ने पक्का

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २२, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

न्युयोर्क । साम्राज्यवादी शक्ति राष्ट्र अमेरिकाको नयाँ राष्ट्रपतिमा  जो बाइडन विजयी भएका छन् । गत  मंगलबार भएको राष्ट्रपतिको  चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ट ट्रम्पलाई हराउदै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन ४६औं राष्ट्रपति बन्ने पक्का भएको छ ।
बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडनले ठूलो जित हासिल गरेका छन् । सो जितपछि उनले ह्वाइट हाउस प्रवेशका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोटको आँकडा पूरा गरेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधि छानिन्छन् । उनी जनवरी २०२१ मा राष्ट्रपति बन्नेछन् । अमेरिकी इतिहासमा बाइडेन सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्नेछन् । उनी ७७ वर्षका छन् ।
त्यसैगरी कमला हारिस पहिलो महिला उपराष्ट्रपति बन्नेछिन् । बाइडनले अन्य तीन राज्यमा पनि अग्रता हासिल गरिरहेका छन् । सन् १९०० पछि सबैभन्दा बढी भोट खसेको बताइएको छ । अहिलेसम्म बाइडनले ७ करोडभन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिलाई यति धेरै भोट प्राप्त भएको थिएन । बाइडन आफ्नो जितका लागि विश्वस्त देखिएका थिए ।
सन् २०१६ मा डोनाल्ट ट्रम्प विजयी हुँदै राष्ट्रपति बनेका थिए । उनी यसपटक पनि जित हुनेमा विश्वस्त देखिन्थे । सन् २०१६ मा तीन महत्वपूर्ण राज्य भिस्कान्सिन, मिचिगन र पेन्सिलभेनियामा ट्रम्पले ७० हजार भोटले जितेका थिए । यसपटक उनको हारको कारण यी राज्य नै रहे । अमेरिकामा ५० राज्य छन् । प्रत्येक राज्यमा इलेक्टोरल कलेज भोटको संख्या कति राख्ने भन्ने विषय जनसंख्याका आधारमा तय हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..