अष्ट्रियाको राजधानी भियनामा आतंकबादी आक्रमण, यहुदी वेतक्नेसेटलाई निशाना बनाइएको आशंका

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सीको सहयोगमा

अष्ट्रियाको भियना सिटीमा   गोली चल्दा चार जनाको मृत्यु भएको छ भने  दर्जन वढी मानिस घाइते भएका छन् । भियनाको सेन्ट्रल स्विडनप्लाट्ज स्क्वायर र आसपास गोली चलेको हो । यहूदीको वेतक्नेसेट (जुइज ट्याम्पल) अगाडिको सडकमा गोली चलाइएको बीबीसी हिन्दीले जनाएको छ।

अष्ट्रियाली गृहमन्त्री कार्ल नेहमाले एक बन्दुकधारी र सुरक्षाकर्मीरो घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । गृह मन्त्रालयले यसलाई ‘आतंकवादी हमला’ बताएको भएको छ।

भियनाका मेयरले गोलीबारीमा १५ जना घाइते भएको र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताएका छन् । घाइते हुनेमा प्रहरी अफिसर पनि छन् । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई आक्रमण गरिएको र अन्य सार्वजनिक स्थानमा नजान तथा सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्न भनेको छ। सामाजिक सञ्जालमा राखिएको भिडिओ फुटेजमा मान्छेहरुको भागदौड गरेको देखिन्छ ।

यहूदी समुदायका नेता ओस्कर डचले ट्विट गरेर यहूदीहरुको वेतक्नेसेटलाई निशाना बनाएको हो वा होइन स्पष्ट नभएको जनाएका छन् । अष्ट्रियाले कोरोनाभाइरस नियन्त्रणका लागि गर्न लागिएको दोस्रो चरणको लकडाउन अन्तर्गत प्रतिबन्धका नयाँ नियम लागू गर्नुभन्दा ठीक एक घन्टाअघि यो आक्रमण भएको हो।

तस्विर : रोयटर्स

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..