नेपाल लगायत आठ देशमा बालविवाह बढ्दो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १२, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौँ–  मुलुकमा बालविवाहको तथ्यांक बढ्ने क्रम तिब्र भइरहेको एक अध्ययने देखाएको छ  । बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था भीएसओको गरेको एक अध्ययनले  नेपाल लगायतका ८ देशहरुमा बालविवाह गर्नेको तथ्यांक बढेको देखिएको हो ।

विश्वव्यापी महामारी कोभिड १९ बाट संक्रमण फैलन नदिन गरिएको लकडाउनले आर्थिक क्षेत्र नराम्रोसँग तहसनहस हुदै गइरहेको परिप्रेक्ष्यमा स्वास्थ्य समस्या वाहेकका समस्याहरु थपिदै जाने क्रममा भीएसओले गरेको अध्ययनबाट बाल विवाहको क्रम बढेको देखिएको हो ।

भीएसओले १ सय ५२ जनामा अध्ययन गर्दा ११ जनाको बालविवाह भएको पाइएको जनाएको छ । संस्थाका आनन्द पौडेलका अनुसार कोरोना महामारीको समयमा विभिन्न किसिमका सामाजिक महामारी पनि फैलिएको छ। पौडेलले भने, ‘महामारीको यो बेलामा आधुनिक समाजमा युवतीले परम्परागत किसिमका समस्या फेरि भोग्नुपर्ने स्थिति आउनु निकै दुःखद् छ। लैङ्गिक समानताका पक्षमा केही प्रगति भएपनि अब ती उपलब्धिका कुनै मूल्य नहुने अवस्था देखिन थालेको छ ।’

तराई तथा पश्चिमका केही पहाडी जिल्लामा भारतमा काम गर्ने परिवारका सदस्यले पठाएको रेमिट्यान्सले घर चलिरहेको छ। महामारीको यो अवस्थामा उनीहरुले रोजगारी गुमाउँदा आम्दानी ठप्प भएको छ र परिवारको सदस्य पाल्न कठिन हुन थालेपछि किशोरीहरुलाई विवाहका लागि दबाब दिने गरेको पौडेल बताउँछन्।

बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले महामारीको समयमा विद्यालय जान नपाएका गरिब परिवारका बालबालिका अब स्कुल नफर्किने बताएका थिए। युनेस्कोका अनुसार महामारीका कारण विद्यालय बन्द भएपछि विश्वभर ७ करोड ४३ लाख किशोरीहरुलाई पुनः स्कुल फर्किन कठिनाइ छ।

यस्ता किशोरीहरुमाथि लैङ्गिक हिंसा र यौन शोषणको जोखिममा रहेको अधिकारकर्मीहरु बताउँछन्। ‘महामारीका कारण अभिभावकको रोजगारी गुमेको छ। किशोरीहरु परिवारका बोझ भएका छन् यसले बालविवाहलाई बढाएको छ भने लैङ्गिक हिंसा पनि बढाएको छ,’ गर्ल्स नट ब्राइडकी कार्यकारी निर्देशक फैथ वाङ पावल भन्छिन्।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार कोभिड महामारीपछि आगामी १० वर्षभित्रमा बालविवहाको संख्या विश्वभर १३ करोड पुग्ने प्रक्षेपण गरेको छ। आठ वटा देशमा २४ हजार किशोरीहरुमा गरिएको संरक्षणमा १२ हजार किशोरीहरु स्थायी रुपमै विद्यालय छोड्ने अवस्थामा रहेको देखिएको छ।

यो सर्वेक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया, भियतनाम, लावस र तान्जनियाका किशोरीहरु सहभागी थिए। सहभागीमध्ये ४० प्रतिशतले महामारीले आर्थिक अवस्था नाजुक बनेका कारण विद्यालय फर्कन कठिन हुने बताएका थिए।

केही युवतीहरु गर्वभती भएका कारण अब विद्यालय जान नसक्ने परिस्थितिमा पुगेका छन् भने केहीलाई आर्थिक पाटो कारक बनेको छ। केन्यामा अहिले कम उमेरमै गर्वभती हुने किशोरीहरुको संख्या ४२ प्रतिशतले वृद्धि भएको केयर इन्टरनेशनलको तथ्याङ्क छ।

बालविवाह मात्रै होइन कोभिडका कारण महिला अधिकार बालअधिकारका विविध आयाममा असर पुगेको छ। संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले सन् २०३० भित्र परिवार नियोजन, लैङ्गिक हिंसा बालविवाह र मातृमत्युदर कम गर्ने सर्न्दभमा अपूरा लक्ष्य पूरा गर्ने योजना बनाएको थियो।

‘कोरोना महामारीका कारण लक्ष्य पूरा गर्न चुनौती थपिएको छ,’ संस्थाले भनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..