आफु टाढा भए पनि मन भने नेपालमै छ भन्दै सन्दीप लामिछानेले दिए युएईबाटै दशैको शुभकामना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १०, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा रहेका चर्चित नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशमीको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले शुभकामना दिएका हुन् ।

दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले युएईमा जारी आईपीएल अहिलेसम्म १ खेल पनि खेल्न पाएका छैनन् । दिल्लीले ११ खेल खेलिसकेको छ । सन्दीप यसअघि दुई पटक दिल्लीबाट खेलिरहेका छन् । यसपालि उनले एक खेल पनि खेल्न पाउने हुन् कि हैनन् भन्ने आशंका छ ।

आईपीएलको ११ औं संस्करण खेल्न पाएपछि सन्दीपको फ्रेन्चाइज टी–२० क्रिकेटको यात्रा विश्वमै निकै अगाडि बढेको छ ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्, ‘हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाढा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..