बादरलाइ धपाउन खोज्दा हानेको बन्दुकको गोलिले लाग्दा प्यूठानको डामृमा बृद्दको मृत्यु

२०७७ कार्तिक १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तेजेन्द्र बिएम प्यूठान खवर
प्युठान (डामृ) । बडादशै २०७७ को तयारि भैैैैरहेका बेला दशै टिकाको दिन प्युठान डामृमा दुखद घटना घटेको छ । दशैको दिन बिहानै बांदरलाइ धपाउन खोज्दा हानेको बन्दुकको गोलिले लाग्दा नौबहिनि गाउपालिका ५ डामृमा ७१ वर्षिय बृद्दको मृत्यु भएको छ ।

बिहानै बादर धपाउन भनी गयका स्थानीय ३३ वर्षिय हेेेेमलाल सुनारले बादर धपाउन हानेेको बन्दुुकले बल बहादुर सुनारलाइ लागेको हो । घटना स्थलमै उनको मृत्यु भएपछि घटना घटाउने हेमलाल आफै प्रहरिकोमा गएका थिए । अन्जानमै घटना भएको पिडकले बताएको जनाउदै प्रहरिले थप अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक र बन्दुक हान्ने ब्यक्ति छिमेकि र काका भतिज नाता पर्छन । मृतक बल बहादुर पनि बादर धपाउन भनी बिहानै कुकुर लगेर घर नजिकै बारिमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय