प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? : साझा पार्टी संयोजक मिश्र

२०७७ कार्तिक ९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सीको प्रमुखसँग भेट गरेर प्रधानमन्त्री पदकै अपमान गरेको बताएका छन् ।  मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका छन् ।

मिश्रले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनलाइसिस विङ अर्थात् ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई सरकारले ढाकछोप गरिरहेको आरोप पनि लगाएका छन् ।

ले अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई हेपेको हो कि होइन ? भनेर पनि प्रश्न गरेका छन् ।

मिश्रले सामाजिक सञ्जाल मार्फत परराष्ट्रमन्त्री ज्ञवालीलाई  यसरी ८ प्रश्न गरेका छन्
भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन् : परराष्ट्रमन्त्री प्रदLप ज्ञवाली

१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलि मात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन,  परराष्ट्र मन्त्रालयसँग सम्मन्वय भयो कि भएन ?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेकोर ? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?

ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो । सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुऱ्याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो।

तर, विडम्बनाको कुरा, भ्रष्टाचार मात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै छ।

रअ प्रमुख गोयल गत बुधबार काठमाण्डौ आएका थिए । उनले बुधबार राति प्रधानमन्त्री ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय