कुवेतमा १५ जना नेपाली युवाहरुले  ६ महिनादेखि पारिश्रमिक नपाएको गुनासो

२०७७ कार्तिक ९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज दोहा

कुवेतस्थित लारिज ग्रिल क्याट्रिङ कम्पनीमा कार्यरत १५ जना नेपाली युवाहरु  ६ महिनादेखि पारिश्रमिक नपाएको त्यहाँ कार्यरत नेपाली कामदारहरुले बताएका छन् ।

१७ महिना काठमाडौँमा रहेको कास्की ओभरसिज म्यानपावरमार्फत  कम्पनी मार्फत  कुवेत पुगेका उनीहरूलाई कोभिड–१९ को कारण देखाउँदै ६ महिनादेखि तलब नदिएको त्यहाँ कार्यरत कास्कीका दिलबहादुर विश्वकर्माले बताए ।

उनले १५ जनामध्ये ४ जनालाई कम्पनीले बन्धकजस्तै बनाएर कोठामा राखेको बताएका छन् । कामदारलाई कम्पनीले एकै ठाउँ नराखी फरक फरक क्याम्पमा राखेको छ ।

‘कम्पनीले सुरुदेखि नै तलब समयम उपलब्ध गराएको थिएन, पछि झन् कोरोनाको कारणले बिजनेस नभएको भन्दै काम मात्र लगाउँछ, तलब दिँदैन,’ काठमाडौँका सुनिल तामाङले भने, ‘काम नगरे कुछट्न्, काम नगरे जे पनि हुन् सक्छ धम्क्याउने गरेका छन् ।’

कुवेतस्थित नेपाली दूतावासमा गुनासो गर्दा पनि खासै चासो नदिएको सुनिलको अरोप छ । उनले आफूहरूको उद्धारका लागि आग्रह गरेका छन् ।

कुवेतमा रहेका सामाजिक अभियन्ता चन्द्र पाइजा पुनमगर मार्फत सम्पर्कमा आएका उनीहरूले आफूहरूलाई पठाउने म्यानपावर कम्पनीलाई पनि समस्या जानकारी गराएको तर समाधान नभएको बुटवलका अनिलबहादुर सुनारले बताए ।

अनिलका अनुसार म्यानपावर कम्पनीले एकदुई दिनमा समाधान हुन्छ भन्दै झुक्याउनले गरेको छ ।

काम गरेको तलब नदिए पनि टिकट काट्ने पैसा र पासपोर्ट फिर्ता पाए आफूहरू स्वदेश फर्किन तयार रहेको उनीहरूको भनाइ छ । म्यानपावर कम्पनी र दूतावासले उद्धारका लागि कुनै सहयोग नगरेको उनीहरूको आरोप छ ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्‍याइदिन विभिन्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । दशैँका कारण दूतावास र म्यानपावर बन्द रहेकोले सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय