अपहरणमा परेकी बालिकाको उद्धार, तीन पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ललितपुर ।  ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ ।  हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले जानकारी दिए ।
बारा जिल्ला सिम्रौनगढ १ धर भई हाल महालक्ष्मी नगरपालिका ४ मनकामना चोक बस्ने गुड्डी शाहकी आठ वर्षकी छोरी अनुखा शाह कोठाभन्दा बाहिर खेलिरहेको समयमा साइकल चढेर आएका तीन जनाले साइकलमा राखी अपहरण गरेको थाहा पाएपछि आफूहरुले उद्दार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

यो पनि पढ्नुहोस  काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

अपहरण गरेर शरीर बन्धक गरी राख्ने कार्यमा सम्लग्न हुनेमाम सर्लाही जिल्ला हरिवन ८ बासटोल घर भई हाल हरिसिद्धि बस्ने वर्ष ३० का राजु कार्की, काभ्रे जिल्ला नमोबृद्ध ८ बुझाकोट घर भई हरिसिद्धी बस्ने वर्ष २३ की सीता परियार र धनुषा जिल्ला धारापानी गाउँपालिका २ घर भई हाल हरिसिद्धी बस्ने वर्ष ४० का कृष्ण तेलामी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..