रमेश प्रसाईको उपस्थितीमा आयोजना गरिदै गरेको वक्तृत्वकला प्रतियोगिताको कार्यविधी सार्वजनिक, पुरस्कार राशी बढाइयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २७, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए१न्यूज इजरायल

एनआरएनए-एनसिसी इजरायलले बडा दशै तथा मोहनी नख: २०७७ को अवसरमा चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको सहभागितामा आयोजना गरिदै गरेको शुभकामना आदान-प्रदान तथा वक्तृत्वकला प्रतियोगिताको शिर्षक र कार्यविधी सार्वजनिक गरेको छ ।

जुम भर्चुअल अनलाइनबाट संचालन गरिने शो कार्यक्रमको शिर्षक “बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” राखिएको छ । आयोजकले दिइएको शिर्षकमा बक्ताहरुलाई बोल्नकोलागि अधिकतम ७ मिनेटको समयसिमा निर्धारण गरेको बताएको छ ।

इजरायलमा रहेका जो कुनै नेपाली भाषीहरुले सहभागिता जनाउन सकिने गरी व्यवस्थापन गरिएको सो प्रतियोगितामा पुरस्कार राशी पनि यस अघि सार्वजनिक गरिएको भन्दा दोव्वर बनाइएको छ भने २ जनालाई सान्त्वना पुरस्कार पनि वितरण गर्ने योजना तय गरिएको आयोजकले बताएका छन् । प्रथम पुरस्कार १ हजार शेकेल, द्वितिय पुरस्कार ७ सय शेकेल, तृतिय पुरस्कार ५ सय शेकेल र सान्त्वना पुरस्कार दुई जनालाई २/२ सय शेकेल तय गरिएको बताइएको छ ।   पहिलो सुचना सार्वजनिक गरेलगत्तै सर्वसाधारणको अत्याधिक ध्यान केन्द्रित गरेको यस कार्यक्रमलाई अझ ठूलो पल्याटफर्मको रुपमा स्थापित गर्ने उद्देश्यले पुरस्कार राशी बढाइएको एनआरएनए एनसिसी इजरायलकी उपाध्यक्ष निलम गिरीले जानकारी दिनुभयो ।

उपाध्यक्ष गिरीले प्रतियोगितामा प्रवेष पूर्ण रुपमा निशुल्क गरिएको बताउनुहुदै प्रवेशकोलागि मिडियाहरुमा सम्प्रेषण गरिएका समाचारहरु, फेसवुकमा सार्वजनिक गरिएको सुचनाहरुमा दिइएको फारम भरेर प्रवेश पाउन सकिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एनआरएनए-एनसिसी इजरायलको आधिकारीक वेबसाइट www.nrnaisrael.org मा गएर पनि फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउनको लागि अनलाइनबाट यहाँ क्लिक गरी Form भरेर Submit गर्नु होला । ( लिंकमा क्लिक गर्दा तपाईलाई तपाईको जिमेल लग इन गर्ने option दिन्छ । कतिपय Device हरुमा हिव्रु भाषामा पनि देखाउने गर्छ । त्यहाँ जिमेल आइडी हालेर लग इन गर्नु पर्दछ ।)

फारम भर्न यहाँ क्लिक गर्नुहोला ।

कार्यविधीको पूर्ण अंश :

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..