स्पेनमा पनि साझा पार्टिको भातृ संगठन ‘साझा सद्भभाव राष्ट्रिय कमिटी’ गठन

२०७७ आश्विन २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए1न्यूज युरोप सन्तोष न्यौपाने
युरोप युनियन राष्ट्र स्पेनमा पनि साझा पार्टीको भातृ संगठन साझा सद्भभाव राष्ट्रिय कमिटीको गठन भएको छ ।
साझा पार्टीको युरोप क्षेत्र संयोजक एस.के. श्रेष्ठको सहकार्यमा लगातार एक महिना भन्दाबढिको आन्तरिक छलफल पश्चात स्पेनमा साझा सद्भभाव राष्ट्रिय कमिटि गठन गरिएको हो ।
दिपक मरहट्टाको संयोजकत्व रहेको सो समितिको सह संयोजकमा कुवंर, सचिवमा रिसब कोईराला, सह सचिवमा राम सिलवाल, कोषाध्यक्षमा विमलराज अधिकारी, प्रवक्तामा पुष्प धिताल, संचार संयोजकमा प्रकाश पौड्याल,  केन्द्रिय सदस्य हिमलाल गौतम, केन्द्रिय सदस्य केशव रिजाल केन्द्रिय सदस्य शक्ति तामाङ, केन्द्रिय सदस्य राजेश बुढाथोकि रहेका छन् । समितिमा २४ जना सदस्य सहित ११ जनाको राष्ट्रिय समिति गठन गरिएको थियो ।

कोरोना भाईरस कोभिड १९ को कारणले प्रत्यक्ष भेलाको आयोजना गर्न असम्भव देखिएकाले भर्चुवल अनलाइन मार्फत स्पेन राष्ट्रिय समिति घोषणा गरिएको हो ।
यसअघि आयरल्यान्ड र पोर्चुगलमा राष्ट्रिय समिति गठन भइसकेका छन् ।
समिति गठन पश्चात गठित समिति सदस्यहरुले नेतृत्वदायी भुमिका निभाई स्पेनमा पनि राष्ट्रिय समिती गठन गर्न मद्दत गरेकोमा युरोप महादेशिय संयोजकप्रति हार्दिक आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय