संक्रमितसँगको दुरीवाट भन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलियो : सिडिसी

२०७७ आश्विन २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ- कोरोना संक्रमितको नजिकबाट भन्दा हावाबाट कोरोना संक्रमण बढी फैलिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ  । सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको दाबी गरिएको छ ।

सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट निस्केका छिटाहरू हावाको माध्यमबाट ६ फिट परसम्म पुग्न सक्छ । त्यसपछि यो अरू व्यक्तिमा सहजै र छिटै सर्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।

अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाटभन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको दाबी गरिएको हो ।

संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

हावामा रहेका भाइरस केही सेकेण्डदेखि केही घन्टासम्म बाँच्न सक्ने ती भाइरस कम भेन्टिलेसन भएका स्थानसम्म पुगेर जोखिम बढाउने सीडीसीको अध्ययनले जनाएको छ ।

एकचोटी खोक्दा कम्तिमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी अन्त्यन्तै साना छिटाहरू निस्किएर हावामा मिसिने र त्यसले संक्रमण तीब्र दरमा फैलिएको बताइएको छ ।

यसअघि २३ देशका २४० भन्दा बढी वैज्ञानिकहरूको समूहले हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिएको दाबी गरेका थिए ।

डब्ल्युएचओले समेत प्रति १० व्यक्तिमध्ये एक जना कोरोना संक्रमण भएको हुन सक्ने जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय