लठ्याउने औषधी खुवाई भक्तपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०७७ आश्विन १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज नेपाल

लठ्याउने औषधी प्रयोग गरी भक्तपुरमा एक १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । यही असोज १६ गते बिहान ११ बजे किशोरीलाई पानीमा बेहोस हुने औषधी खुवाएर रत्नपार्कबाट भक्तपुर आउने बसमा राखी सूर्यविनायक ल्याई  बसमा १७ गते बिहान १० बजेसम्म सामूहिक बलात्कार गरिएको थिए ।

सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका­ १० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका-४ पाङताङ घर भएका २१ बर्षिय सूर्य श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर  भक्तपुरले जनाएको छ  भने एकजना फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर  भक्तपुरका डीएसपी केशव थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर शुक्रबार आफुले बलात्कार गरेपछि शनिबार आफ्ना साथीहरुलाई जिम्मा लगाएका थिए । अर्का दुई जनाले शनिबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिबार बसभित्र घटना भएको देखेपछि नजिकै पार्क गरेर राखेका बसका चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए । घटना थाहा भए लगत्तै प्रहरीले आरोपी दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले  सोही दिन बिहान ११ बजेदेखि राति करिब १० बजेसम्म चाँगुनारायण नगरपालिका­ ८ तवियाखुसीस्थित खोला किनारामा पार्किङ्ग गरिराखेको बा.३ ख. २६१२ नम्बरको बसमा लगेर समेत सामूहिक बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दायर गरी पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय