प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रेस सेन्टर नेपालको माग

२०७७ आश्विन १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुरेश कुमार पाण्डयें कपिलवस्तु । प्रेस सेन्टर नेपालले प्रदेश पाँचको तौलिहवाममा कपिल्वस्तु जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । जिल्ला सदरमुकाम तौलिहवामा भोलि बिहान १० बजें उक्त कार्यक्रम गर्ने प्रेस सेन्टर नेपालले तयारी गरेको हो ।

प्रेस सेन्टर नेपाल कपिलवस्तुको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव विनोद उपाध्याय, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, माओवादी केन्द्र प्रदेश पाँचका अध्यक्ष अविन गोतामे लगाएतको विशेष आतिथ्यता रहने बुझिएको छ ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, सामाजिक अगुवा, लेखक, बुद्दीजीवी र पत्रकारहरू अतिथिहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सम्पूर्ण श्रमजीवी तथा जनपक्षीय पत्रकारहरू एक होऔं ! प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि देशव्यापि संघर्ष गरौं !!’ भन्ने मुल नारा सहित कार्यक्रम हुन लागेको छ । पछिल्लो समय ‘मेची-महाकाली’ संगठन विस्तार तथा प्रशिक्षम अभियानमा संगठनका अध्यक्ष जैसी नेतृत्वको टिम फिल्डमा खटिएको अवस्थामा प्रेस सेन्टरको संगठनात्मक गतिविधिहरू बढिरहेको देखिन्छ ।

अभियानको दोश्रो चरणमा कपिलवस्तुमा भेला हुन लागेको बुझिएको छ । भेलामा सबै कलजीवी तथा श्रमजीवीहरूलाई प्रेस सेन्टर नेपालले आमन्त्रण समेत गरेको छ । कार्यक्रममा विभिन्न मिडियामा कार्यरत दजन बढी पत्रकारहरूको सहभागिता हुने आयोजकको भनाई छ । कार्यक्रमसंगै प्रेस सेन्टर नेपाल कपिलवस्तुको नेतृत्व समेत निर्वाचित हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय