
काठमाडौं ।
बाल गायिका रबिना बसेल बालापनको रसिलो स्वरमा मेरो बाबा भन्दै लिएर आएको दसैं गीतमा टिकटकमा चर्चीत रहेकी एवं म्यूजीक भिडीयोमा समेत जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले दमदार अभिनय गरेकी छिन ।
दसैको छेको पारेर गीत आउने क्रम बढिरहेकै बेला चर्चित टिकटक स्टार अकेशालाई अभिनय गराउदै सार्वजनिक गरिएको उक्त “मेरो बाबा..” बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा राजन कार्कीको एरेञ्ज तथा संगीत रहेको छ ।
धुन कला केन्द्रले रेकर्डिङ, भवसागर इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको सो गीतमा गोबिन्द सोनीले मिक्सिङ गरेका छन् ।
म्यूजिक भिडियोमा कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले पनि अभिनय गरेका छन् । भिडीयो निर्देशन भने मञ्जु बञ्जाडेले गरेकी छिन् ।