नेपाली भूमिबाट चिनियाँलाई फर्काउन राप्रपा अध्यक्ष थापाको माग, चिनियाँ दूतावास अगाडि प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं – रा.प्र.पा. अध्यक्ष कमल थापाले अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन माग गरेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि थापाले ट्वीट गर्दै तत्काल त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले ट्वीटमा लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रमको ध्यान आकर्षित गर्दछु।’

यसैबिच नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरूले काठमाडौँस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । ‘सीमा अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’, ‘सीमा नाका खुला गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका उनीहरूले चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।

दर्जनौँको संख्यामा युवाहरू प्रदर्शन गर्दै चिनियाँ दूतावासअघि पुगेपछि उनीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । दूतावास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा  सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

ए1न्यूज इजरायल एनआरएनए-एनसिसी इजरायलले चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा आयोजना गरेको प्रतियोगितामा कैलालीका रमेश जोशीले पहिलो स्थान हात पारेका छन् । जोशी करिव डेढ..