आँसुु ! लघु कथा ! – सुरेश कुमार पाण्डे

२०७७ आश्विन ६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

– सुरेशकुमार पान्डे ।

आगनीको सेरो फेरोमा फुलहरु फुलेर भरीलो देखिन्छन ।मसिनो बतासले ति सौपत्रिका थुँगाहरुलाई बिस्तारै चलाएको देख्दा निर्मलीका दुबै आँखा उतै घुम्छन ।अलि बेर फुलहरुलाई नियाल्दा उसका आँखाबाट आँसुको ठुला ठुला ढिकाहरु खस्छ । नजिकै बसेकी आमा पनि निर्मलीको आँसु खसेको देखेर भाभुक हुँदै उठेरे निर्मलिलाई अँगालो हाल्छिन ।कति खेर त्यो मसिनो चिसो सिरीटोले एउटा आँधीको रुप धारण गय्रो आमा छोरीलाई हेक्कै भएन । आखिर मानिसलाई जति पिर मर्का मन मुटुमा परेपनि त बाँच्नै पर्दो रहिछ।नजिकै आएको दँसै र तिहारले सदै अजयको त्यो हँसिलो मुहारलाई घुमाई फिराई निर्मली र उस्को आमाको आँखामा ल्याई दिन्छन ।

घरको कहाली लाग्दो अबस्थाले परदेश गयको अजय परारको बर्ष मलेसियामा कार्यारत थियो।घरमा आमा छोरीले सदै अजय घरफर्किने ईनै आँखाले बाटो कुरेर बसेकाथिए तर त्यो दिन कहिले आईन आयो त उस्को मृत्युको खबर।अपत्यार लाग्दो न लाश थियो न उस्को कतै जिवित हनूहार मात्र आँखाको सपना र त्यो आँसुको भेल । जसलाई अझै त्यो खबरमा बिस्वाश थिएन । कास त्यो खबर मात्र झुट हुँन्थ्यो, आँसुको बलेनी अब यो जिवनभरीको उपहार थियो । त्यो दिन आजपनि निर्मलीको आँखामा झलझली आउँछ जब उस्ले आँगनको डिलमा फुल लगाउँदै थि ! आमा एकदीन यो आगनी ओरी परी फुलै फुल हुनेछ अनि मेरो दाई त्यो फुलको माझमा उभिएर सेल्फी खिच्नेछ ! भन्दै निर्मली फनक्कै घुम्छे अनि आमालई अँगालोम बेर्छे ।

हो,  त्यही त रह्यो तिमि दुई भैनाको काम ? जा छिट्टै गाई भोकाए घाँस हाल्देर आईज ! आमाले उस्लाई कृतिम प्रकारले धम्काउँदै भन्छीन । उ दौडेर घाँस डियाँको अगाडी राखेर फेरी त्यही आफ्नो फुलको बगैचामा बिभिन्न खालका बेर्नाहरु लगाउँन थाल्छे। नीर्मली पढाई लेखाईमा पनि अब्बल थि आफ्नै दाई जस्तै,उस्ले आफ्नो बैनीलाई सदैभरी आफ्नो आँखाको नानी जस्तै सम्झिन्थ्यो । दुई भैनाको मायाँ अच्काली गहिरो थियो । यो देखेर आमालाई सधै गर्वले छाति चाक्लो हुन्थ्यो । अजयको बाबा मर्ने बेला धेरै ऋण थियो तरपनि अजयले कमाएर त्यो सबै चुक्ता गरिसकेको थियो । दाई छिट्टो घर आउँनुस है ! भिडियो कलमा दुई भैनाका कुरा हुँदा, म घर आएपछि तँलाई घरबाट भगाउँछु नी ! अजयले ठट्टा गर्थ्यो अनि खिसिक्क हाँस्थ्यो । भो म तँ सँग बोल्दैन ! भन्दै निर्मलीले फोन काटी ।

अजयले छिट्टै आएर निर्मलीको बिबाह गर्ने भन्दै थियो मेरो बैनी अब ठुली भई सकेकि छ । यसको बिहे धुमधाम सँग गर्छु, भन्दा अजयका आँखा रसाउँथे उ भावुक हुन्थ्यो । यस्तो दुबै भाई बैनीको माया आहा देख्ने लायक थियो  । एकछिन पछि निर्मली वाहिर निक्लिन्छे । एकैछिन आएको त्यो आँधी र तुफानले सबै फुलहरु उजाडेर गएछ । जस्तै निर्मलीलाई अब त्यो फुलको आवश्य नै थिएन । उसले फेरी भाई र त्यो प्राकृतिकले तहस नहस पारेको फुल तिर गम्भिर दृष्टिले नियाल्छे जो भर्खर आँसुमा डुबेका थिए र अझैपनि रसाई रहेका थिए ! त्यो ढलेका फुलहरुबाट उस्को दाई अजयले फेरी बोलाउँछ ! बैनी निर्मला ! आफ्नो बगैचा फेरी सजाउँ मेरो लागि होईन आफ्नो लागि,  तिम्रो मेरो आमाको लागि र हामिले देखेको त्यो सपनाको लागि । उसले चारै तिर नियाल्छे अजय देखिदैन भर्खर उसको कानमा बोलेर गयो अनि अदृष्य भयो त्यो हँसिली मुहार, आँसुको ढिक्का बनेर जिवन भरीका लागी ।

२१-०९-२०२०,(यो कथा काल्पनिक हो यसका पात्रहरु र उनका नाम सँग कसैको जिवन र नामहरु मेलखान गएकोमा मात्र सञ्जोग हुनेछ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय