इजरायल लैजाने भन्दै सामाजिक सञ्जालहरुमा गलत सुचना फैलाएकोप्रति नेपाली दूतावासको ध्यानाकर्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ६, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए वान न्युज इजरायल

ईजरायल जान चाहनेहरुले आफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने कुत्सित मनसायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकोप्रति दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली राजदुतावास इजरायलले आफ्नो आधिकारीक फेसवुक पेजमा सार्वजनिक सुचना जारी गर्दै  यस अघि जस्तो घरभित्र काम गर्ने नभई नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (ANM वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका) व्यक्तिहरु, अंग्रेजी भाषा उत्तीर्ण (लिखित तथा अन्तर्वाता दुबै) गरेका, निश्चित उमेर, तौल, उचाइ, Medical Certificate, No Criminal Certificate लगायतका योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनौट भई  नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day Care Centers, etc.)मा नेपाली केयरगिभर ल्याउने सम्बन्धमा निकट भविष्यमा नेपाल र ईजरायल सरकार बीच सम्झौता हुदै गरेको जनाउदै इजरायल खुल्यो भन्दै कुनै व्यक्ती विशेषको कुरामा नआउन अपिल गरेको छ ।

दूतावासले छनौट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाेले कुनैपनि हल्लाका पछाडि नलाग्न आग्रह गर्दै यस सम्बन्धमा दूतावासले उपयुक्त समयमा सूचना प्रकाशन गर्ने बताएको छ ।

नेपालीहरुको बैदेशिक  रोजगारीको आकर्षक मुलुक मध्येको एक इजरायल पनि हो ।नेपालीहरु इमान्दार र लगनशील भएकोले इजरायली हरुले मन पराएका हुन् ।इजरायलमा  नर्सिङ्ग केयर गिभरहरुको लागि हरेक तबरबाट सुरक्षित पनि छ ।नेपाल सरकार र इजरायल सरकार बीच सम्झौता गरि निश्चित योग्यता भएका नेपालीहरु नर्सिङ्ग क्षेत्रमा आउने छन् ।

नेपाली राजदुताबासको अथक प्रयास पश्चात नेपालि कामदारहरुलाई लिने बिषयमा इजरायली पक्षलाइ  सकारात्मक बनाउन सफल भएको थियो तर  दूतावासले अहिलेसम्म पनि कामदार जिटूजी प्रक्रिया वा अन्य कुन प्रक्रियावाट आउनेछन्   भन्ने विषयमा केही खुलाएको छैन । सम्झौता अनुसार पहिलो वर्ष करिव ५०० को संख्यामा नर्सिङ क्षेत्रका नेपालीहरु ईजरायल आउनेछन्  भने यसलाई सफल तुल्याउन सकिएमा आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउने दूतावासले बताएको छ  ।

नेपाली कामदारहरु इजरायलीहरुविच लोकप्रिय मानिदै आइरहेको  छन्  । नेपालीहरुको  ईमान्दारिता, अनि कामप्रतिको लगनशीलताबाट ईजरायलीहरु प्रभावित छन् । मिहिनेती, सीधासादा स्वभाव तथा मृदुभाषी भएकाले ईजरायलमा नेपालीहरुको माग जति छ कमाई तथा रोजगारीजन्य सुरक्षाका दृष्टिले ईजरायल पनि नेपालीको उत्तिकै रोजाइ एवं आकर्षक गन्तव्य मुलुकमा रुपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा  सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

ए1न्यूज इजरायल एनआरएनए-एनसिसी इजरायलले चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा आयोजना गरेको प्रतियोगितामा कैलालीका रमेश जोशीले पहिलो स्थान हात पारेका छन् । जोशी करिव डेढ..