झापाका स्थानीय तहलाई कोरोनाको हिसाव सार्वजनिक गर्न ‘विप्लव’ माओवादीको ३ दिने अल्टिमेटम

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ५, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा गरेको खर्चको हिसाव किताव सार्बजनिक गर्न माग गरेको छ ।

कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न तीन दिने अल्टिमेटम सहित विज्ञप्ति जारी गरेको छ ।

झापा सेक्रेटरी श्रीजंगको हस्ताक्षर  रहेको उक्त विज्ञप्तिमा झापाका सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्ट्रचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादीले झापाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको प्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – “निजी शिक्षण संस्थालाई सरकारी ‘लुटेरा जनप्रतिनिधि’हरुले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिएको छ यो तुरुन्त बन्द गरियोस् ।”

विप्लव माओवादीले तीन वटा वुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । वैंक तथा वित्तीय संस्थाहरुले मध्यम वर्गीय गुजारा मुखी व्यवसायहरुलाई किस्ता र ब्याजको ताकेता गरेर समस्या पैदा गरेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।

विप्लव माओवादीले आफ्ना मागको विषयमा गम्भीर बन्न आग्रह गर्दै जनताको हितमा काम नगरे नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले कडा जनकारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..