छैठौं गर्भ छोरी भएको आशंकामा पत्नीको पेट हँसियाले चिरियो, महिलाको अवस्था गम्भीर

२०७७ आश्विन ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

समाचार एजेन्सी

पेटको सन्तान छोरी रहेको आशंका गर्दै भारत उत्तर प्रदेशमा एक गर्भवती महिलाको पेट उनकै श्रीमानले हँसियाले चिरिदिएका छन् । पेट चिरिएकी  महिलाको अवस्था चिन्ताजनक रहेको संचार माध्ययमहरुले बताएका छन्  ।

पाँच वटी छोरीको जन्म दिएकी पत्नीको गर्भमा छैठौं सन्तान फेरि पनि छोरी नै हो कि भन्ने आशंकाले उनले गर्भवती पत्नीको पेट  हँसियाले चिरिदिएको समाचारमा उल्लेख गरिएको छ ।

उत्तर प्रदेश बदायूं जिल्लाका पन्नालाललाई धारिलो हतियारले आफ्नी पत्नीको पेट चिरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । गम्भीर अवस्थाकी गर्भवती महिला अनीताको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

छोरा जन्माउने आशा गर्दा गर्दा पाँच वटी छोरी जन्माइसकेकी अनीताको पेटमा रहेको बच्चा छोरा हो वा छोरी भन्ने पत्ता लगाउन पन्नालालले हँसियाले पेट चिरेको श्रीमती अनिताकी बहिनीले संचारकर्मीहरुलाई बताएकी छिन् ।

आफ्नो छैठौं सन्तान पनि छोरी नहोस् भन्ने चाहना पन्नालालमा रहेको पनि बीबीसीको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय