सगुनले भन्यो घाटामा छैनौं, भ्रममा नपरौं

२०७७ आश्विन ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

गत बिहिबार  नयाँ पत्रिका दैनिकमा यस कम्पनीका बारेमा प्रकाशित समाचार सामग्रीप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै सगुनले विज्ञप्ति सार्वजनिक गर्दै स्टार्टअप कम्पनीको अवधारणा राम्रोसंग नबुझेर प्रकाशित सामग्रीले आफ्ना लगानीकर्ताहरु तथा शुभचिन्तकहरुमा भ्रम सिर्जना गर्न सक्ने भएकाले  ती समाचार संस्थालाइ आफ्नो प्रतिक्रिया पठाएको बताएको छ । सगुनका सहसंस्थापक कविन्द्र सिटौलाद्वारा शनिवार जारी विज्ञप्तीमा भनिएको छ – “कुनै भेन्चर क्यापिटलिस्टले आफ्नै जोखिममा सो परियोजनामा लगानी गर्न खोजे उक्त परियोजनालाई अगाडी बढाउन सकिने तर सगुनका आम लगानीकर्ताहरुको रकम उक्त परियोजनामा लगानी नगरिने पुनः स्पष्ट पार्न चाहन्छौं ।”

सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्ने बारेमा आइआइटी दिल्लीका प्राध्यापकहरुसंग मिलेर सगुनले गरेको अनुसन्धान परियोजना स्थगित गरिएको जनाउदै सगुनका लगानीकर्ताहरुबाट संकलित रकम मूलतः सगुन एपमा नयाँ फिचरहरु विकास गर्ने काममा खर्च गरिने पनि सो कम्पनीले जनाएको छ।

‘एउटा स्टार्ट अप कम्पनीमा लगानी गर्नु भनेको उच्च जोखिमयुक्त निर्णय हो भनेर हामीले कहिल्यै लुकाएका छैनौं । त्यसैले केहि थोरै धनाढ्य लगानीकर्ताहरुमा भर पर्नु भन्दा मोडेल अपनाएर सयौं लगानीकर्ताहरुबाट सानो, सानो रकम जुटाउने शैली हामीले अपनाएका छौं। त्यसबाट लगानीकर्ताको जोखिम निकै कम हुन्छ भने कम्पनी सफल भए पछि पाउने आर्थिक लाभ भने सोचे भन्दा निकै बढी हुन्छ र सर्वसाधारण परिवारलाई त्यसले सुनिस्चित भविष्यको जग बसालि दिन सक्छ,” विज्ञप्तिमा भनिएको छ।

सन्  २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भै अहिले ८१ लाख पुगेको सो कम्पनीले जनाएको छ।

३० सेप्टेम्बर २०२० भित्रै सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्न पनि कम्पनीले आग्रह गरेको छ। नेपाल, इरान र उत्तर कोरियाका नागरिकहरुले यो अफरमा लगानी गर्न पाउँदैनन्। तर गैर आवासीय नेपाली लगायत संसारभरिका लगानीकर्ताहरुले sagoon.com/investयो लिंकमा गएर उक्त मिनी आइपीओमा लगानी गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय