पेट्रोल बोकेको तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

२०७७ आश्विन ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ४ असोज । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ ।

अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर चरौँदीबाट त्रिशूली नदीमा खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ । पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुलेको छैन । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको खड्काले बताए।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय