प्रवासी नेपाली एकता मञ्च इजरायलले जुम भर्च्युअल कार्यक्रम गरी संविधान दिवस मनायो

२०७७ आश्विन ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान न्युज इजरायल अलि मोहम्मद मिया

नेकपाको इजरायलस्थित भातृ संगठन प्रवासी नेपाली एकता मंच इजरायलले  zoom भर्चुअल अनलाइन मार्फत शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी सविधान दिवस मनाएको छ  ।

प्रवासी नेपाली एकता मञ्च इजरायलले १९ सेप्टेम्वर २०२० शनिवार प्रवासी नेपाली एकता मन्च इजराएलका अध्यक्ष तिर्थ गौतमको सभापतित्वमा उल्लेख्य नेपालीहरुको सहभागितामा कार्यक्रम गरी संविधान दिवस मनाएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मञ्चका अध्यक्ष तिर्थ गौतमले देशमा भइरहेको आमुल परिबर्तनलाई आत्मसात गर्दै संविधानले देशलाई विकासको वाटोमा डोर्याउदै लैजैने र भएको कमि कमजोरीलाई पनि क्रमिक रुपमा सुधार गर्दै जाने कुरामा बिश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गौतमले  प्रवासमा रहगेर पनि  सम्पूर्ण नेपालीलाई देशकै चिन्ता भएको   बताउनु भयो  ।  उहाँले प्रवासमा कुनै पनि नेपालीलाई परेको समस्यामा  प्रवासी नेपाली  एकता मंच इजरायल हरसम्भव सहयोग गर्न पछि नपरेको र  आउदा दिनहरुमा पनि सक्दो सहयोग गर्न तयार रहने छ । देश बिकासको लागि सम्पूर्ण नेपालि एक भई सरकारलाई सहयोग गर्नु पर्ने कुरामा पनि अध्यक्ष गौतमले जोड दिनु भयो  ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुने अधिकांश वक्ताहरुले कोभिड १९ महामारीबाट मुलुक गुज्रिरहेको अहिलेको अवस्थामा चिन्ता व्यक्त गर्दै दशकौ बर्षपश्चात हजारौं सहिदहरुको वलिदानवाट प्राप्त संविधानसभाले सम्पूर्ण वर्ग  र समुदायहरुका हक अधिकारहरुको सुनिश्चितता गर्दै जारी गरेको नेपालको संविधान उत्कृष्ट संविधान हुदै हुदै पनि कुनै पक्षले यस सुखद दिनलाई पनि कालो दिनको रुपमा मनाइरहदा त्यसमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय