
सुरेशकुमार पान्डे।३१-०८-२०२०,
गजल !
कत्ति न सोच्नु शन्तानले पाल्लान भनेर,
उन्कैलागि लगाको रिण फाल्लान भनेर।
पुँजीवाद भित्र जन्मिएका शन्तानहरु ले,
तिमिले गरेकै त्यो दुखःपखाल्लान भनेर।
घाटा नाफा हेर्छन मायाँ र ममता छैन खै,
न सोचे तीमिलेझै उन्ले उचाल्लान भनेर।
छोरा छोरीलाई जति सुकै अर्ति दिएपनि,
कहिलेई नसोच्नु त्यही अगाल्लान भनेर।
हाम्रा बाउ बाजेले साँच्चो बोल्न सिकाए,
लाग्दैन सन्ततिले दुखदर्द टाल्लान भनेर।
भ्रष्टचार दल दलमा रमाउँन खोज्नेहरुले,
मलाई ता लाग्दैन क्रान्ती थाल्लान भनेर।
फलथ्यो यहि माटोमा पनि शुननै फलाए,
आसछैन मेहेनती पाईला चाल्लान भनेर।
सर्बत्र देख्छ यो सेते पनि अँध्यारो दिनहरु,
लाग्दैन अंध्यारो चिर्ने दियो बाल्लान भनेर।