संविधान दिवस : कतै विरोध कतै दिपावली, कपिलवस्तु र जनकपुरमा जसपाको विरोध प्रदर्शन

२०७७ आश्विन ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल सुरेश कुमार पाण्डे

असोज ३,  संविधान दिवस विरूद्ध र समर्थनमा मुलुककमा विभिन्न ठाउँहरुमा प्रदर्शनहरु भएका छन् । पश्चिम नेपालको कपिलवस्तुमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि असोज ३ गतेलाई कालो दिनको रुपमा मनाईरहेको तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता हाल जसपाका नेता अकरम पठानले बताएका छन ।

पठानले भने – “हाम्रो अपन्वत नभएको संविधान हामी कसरी मनाउने । हाम्रो संविधानमा अधिकार खोसियो हामी कसरी संविधान दिवस मनाउने ? हो हामी पनि संविधान दिवस दिपावली गरेर मनाउछौ तर संविधानमा हाम्रो अपन्वात हुने गरि संसोधान हुनु पर्यो ।”

नेपालको संविधान २०७२ संसोधन गर भन्ने नाराका साथ जनता समाजवादी पार्टी कपिलवस्तुले बिभेदकारी संविधानको बिरोध तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अयोजित बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विरोध प्रदर्शन गर्दै बजार परिक्रमा गरि कृष्णनगर को गोलघरमा आएर विभिन्न नेताहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै जनकपुरधाममा आज दुइ थरी दृश्यहरु देखिएका छन् । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली मनाएर दिवस मनाएका छन् ।

स्थानीय जानकी चौकमा युवाहरुले दीप प्रज्वलन गर्दै दिवश मनाएका हुन् । युवा नेता सुशिल कर्णकोे अगुवाईमा संविधान दिवश मनाउदै दीप प्रज्जवलन गरेका हुन । आजै जनता समाजवादी पार्टीले जनकपुरमा बिरोध -याली समेत निकालेको छ । स्थानीय जनकचोकमा जम्मा भएका जसपा नेता कार्यकर्ताले सविधानको विरोध गर्दै जुलुस निकालेका छन् ।

संविधान विरुद्ध विभिन्न नारावाजी समेत गरेका थिए । नयाँ संविधानमा विभेदकारी प्रवधान राखिएको उनीहरुको आरोप लगाए । प्रदर्शनकारीले ‘मधेश आन्दोलनको माग समेटेर संविधान संशोधन गर’ भन्दै नाराबाजी सहित विरोध प्रदर्शन गरेका छन् ।

संविधानका पक्षधर सुशिल कर्णले एकातिर संविधानलाई मानेर सरकारमा पनि बस्ने अर्को तर्फ विरोध पनि गर्ने भन्दै जसपाले जनतालाई ठगीरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय