डा.केसीको समर्थनमा अभियन्ताले गरे माइतीघरमा प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । गत सातादेखि जुम्लामा सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीन जीवन रक्षाकाको माग गर्दै आज काठमाण्डौको माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा.जिकेसी अलायन्सले डा. केसीले राख्नुभएका मागहरु पुरा गर्न माग गर्दै आज काठमाडौंका माइतीघरमा प्रदर्शन गरेको हो।

कोरोना महामारीलाई मध्यनजर गर्दै अलायन्सका अभियन्ताले  प्रदर्शन गरेका हुन् । सरकारले माग पूरा नगरे आन्दोलनको स्वरुप परिवर्तन गर्दै थप सशक्त बनाइने अभियन्ताहरुले जनाएका छन्।

डा केसीले यस पटक आफूसँग विगतमा भएका माग अक्षरशः पूरा गर्न लगायत  ६ बुँदे माग अघि सार्नुभएको छ । उहाँले   राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद प्रकरण, वाइड बडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्नु पर्ने मागहरु रहेका छन् ।

ला भ्रष्टाचारमा संलग्नलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएको भन्दै डा. केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गर्न माग गरेका छन् । अख्तियारका आयुक्त र अन्य भ्रष्टाचार काण्डमा मुछिएकाहरुमाथि सम्पत्ति शुद्धिकरणको छानबिन गर्न पनि केसीले माग गरेका छन् ।

यसअघि चिकित्सक संघले पनि डा. केसीका माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा  सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

ए1न्यूज इजरायल एनआरएनए-एनसिसी इजरायलले चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा आयोजना गरेको प्रतियोगितामा कैलालीका रमेश जोशीले पहिलो स्थान हात पारेका छन् । जोशी करिव डेढ..