कांग्रेस सभापति देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण, सभापति देउवा होम आइसोलेसनमा

२०७७ आश्विन १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि देउवालाई होम आइसोलेसनमा राखिएको छ । सभापति देउवालाई  कन्ट्रयाक ट्रेसिङमा मा परी  होम आइसोलेसनमा परेका हुन् ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परिक्षण गरिने देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।

देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

यसअघि गतसाता मात्र काँग्रेस महामन्त्री  डाक्टर शसांक कोइरालालाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि महामन्त्री कोइराला उपचारका लागि हिजो ओम अस्पतालमा भर्ना भएका हुन् । कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली कांग्रेसले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय