एप्पलले सार्वजनिक गऱ्याे दुई सय ७९ डलर पर्ने सस्तो एप्पलको वाच, ब्लडमा अक्सिजनको मात्रा देखाउने पहिलो घडी

२०७७ भाद्र ३१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६ सेप्टेम्वर,  अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार एक भर्चुअल कार्यक्रममा नयाँ फिचर्ससहितको नयाँ वाच सिरिज सार्वजनिक गरेको छ ।

अहिले सार्वजनिक गरिएका वाचमा पर्सनलाइज्ड सब्सक्रिप्सन सर्भिस फिटनेस प्लस फिचर समावेश गरिएको छ । यसको सहयोगमा प्रयोगकर्ताहरुले आफ्नो फिटनेसको डेटा आईफोन वा आईप्याडमा हेर्न सक्छन् । फिटनेस प्लसको प्रतिस्पर्धा अहिले आईओएसमा रहेका पेलोटोन, लेस मिल्स र फिटसँग हुनेछ ।

एप्पलले आगामी आईफोनको विषयमा कुनै पनि जानकारी दिएको छैन । एप्पलले मंगलबार भएको कार्यक्रममा स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक गरेको छ । जसमध्ये एसई सस्तो मूल्यमा उपलब्ध छ ।

ब्लडमा अक्सिजनको मात्रा देखाउने पहिलो घडी

वाच सिरिज ६ मा ब्लड अक्सिजन सेन्सर छ, अहिलेको अवस्थामा यो सुविधा निक्कै महत्वपूर्ण बन्दै गएको छ । कोरोना संक्रमण भए व्यक्तिको शरीरमा ‘ब्लड अक्सिजन’को मात्रा कम गराउने गर्छ । त्यसले सो व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुने र  सोही कारण मृत्यु हुनेसम्मको समस्या हुन्छ ।  महामारीको समयमा पनि सहयोगी हुने प्रविधि निर्माण गर्ने प्रयासमा एप्पलले प्रयोगकर्ताको शरीरमा ब्लड अक्सिजनको स्तरबारे जानकारी दिने गरी एप्पल वाच एसई उत्पादन गरेको जनाएको छ ।

त्यस्तै एप्पलले नयाँ आईप्याड एयरमा पहिलोपटक चिप म्यानुफ्याक्चरिङ प्रोसेसिङको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको ए१४ प्रोसेसरबाट ४के भिडियोलाई पनि सहजै इडिट गर्न सकिन्छ । यसको सबैभन्दा विशेष आकर्षण यसको टच आईडी फिंगरप्रिन्ट सेन्सर हो । यसमा यूएसबी पोर्ट पनि छ । यसमा १० दशमलव ९ इन्चको डिस्प्ले स्क्रिन छ । साथै एप्पलले आइतबार आफ्नो लेटेस्ट मोबाइल अपरेटिङ सिस्टम आईओएस१४ सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय