सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प, बिहानै भागदौड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३१, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्र विन्दु वनाएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ  । आज बिहानै ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे आसपास केन्द्रबिन्दु वनाएर गएको रिक्टर स्केलको भुकम्पले हालसम्म कुनै जनधनको क्षति भए नभएको जानकारी उपलव्ध भइसकेको छैन । विहानै भुकम्प गएपछि स्थानीयको भागदौड भने मच्चिएको थियो । बिहानै भुकम्प गएपछि बजार क्षेत्र सहित गाउँ–गाउँमा समेत स्थानीयहरु घर छाडेर खुल्लास्थानतिर बाहिरिएका थिए ।

भागदौडका क्रममा राष्ट्रिय बाणिज्य बैंक जलविरे शाखाका एक कर्मचारी सामान्य घाइते भएका छन् भने जिल्ला कारगार कार्यालयमा रहेका एक कैदी पनि सामान्य घाइते भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । भुकम्प गएपछि कारगारमा रहेका कैदीबन्दीहरुमा भागदौड भएको ढकालले बताए । त्यो बाहेक भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा केही घरहरु चर्किएको स्थानीयले जानकारी दिएका छन् ।

भुकम्पपछि जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइएको प्रजिअ ढकालले जानकारी दिए । नेपाली सेना,सशस्त्र,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई अर्लटमा राखिएको उनले जानकारी दिए । भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा नै रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले पनि हालसम्म यस क्षेत्रमा कुनै क्षती नभएको जानकारी दिए ।

पहिरोको जोखिम क्षेत्र आसपासमा नै केन्द्र बनाएर भुकम्पको कडा धक्का गएपछि पहिरोको जोखिम फेरी बढेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । केही दिन अघि बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कमा आएको पहिरोमा १५ को मृत्यु र १६ बेपत्ता भएका थिए । भुकम्पको केन्द्रबिन्दु भएको राम्चे र घुम्थाङ बिचको दुरी झण्डै ३ किलोमिटर जति मात्रै भएको मेयर शेर्पाले जानकारी दिए ।

२०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो । भूकम्पका कारण जमिन फाटेको सिन्धुपाल्चोकमा यो वर्ष मनसुन सुरु भएदेखि नै पहिरोले ठूलो क्षति गरेको छ । पहिरोका कारण कतिपय गाउँनै विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा  सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

ए1न्यूज इजरायल एनआरएनए-एनसिसी इजरायलले चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा आयोजना गरेको प्रतियोगितामा कैलालीका रमेश जोशीले पहिलो स्थान हात पारेका छन् । जोशी करिव डेढ..